समाचार

माधव नेपाल भन्छन्– चुनावपछि ओलीलाई विचरा भन्ने अवस्था आउँछ

माधव नेपाल भन्छन्– चुनावपछि ओलीलाई विचरा भन्ने अवस्था आउँछ

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली  छट्पटिएर अन्टसन्ट बोल्न थालेको वताएका छन् । ओली चोइटिएर एक्लो भएको र राजनीतिमा पत्तासाफ हुन थालेको उनको दावी छ।

जनकपुरमा पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपाललले भने– ‘राजनीतिमा पत्तासाफ हुन थालेपछि ओली छट्पटिएर अन्टसन्ट बोल्न थालेका छन्। चोइटिएका ओली गालीगलौचमा उत्रेका छन् । हामी कुनै प्रतिकार गर्दैनौँ । चुनावपछि विचरा भन्ने अवस्था आउने छ ।’

एमालेको चुनाव चिन्हमा ग्रहण लागेको टिप्पणी गर्दै अध्यक्ष नेपालले नेकपा(एस)को चुनाव चिन्ह कलम चम्किएको बताए । पार्टी विस्तारका कार्यक्रम अगाडि ओली आत्तिएको उनले टिप्पणी छ।

नेकपा(एस) दक्षिणपन्थी भाषामा नभासिने नेपालको जिकिर छ।
 

माधवकुमार नेपाल