समाचार समाज

मिनाले छोडिनन मनोजलाई, पत्नि र पूर्वपत्निको यस्तो लफडा !

मिनाले छोडिनन मनोजलाई, पत्नि र पूर्वपत्निको यस्तो लफडा !

चर्चित हाँस्य कलाकार मनोज गजुरेलकी पत्नि मन्जु पोखरेल र पूर्वपत्नि मिना ढकालका विचमा सामाजिक सञ्चालमै झगडा पर्न थालेको छ। दुवैले एकअर्कालाई ‘तँ’ भन्दै सम्वोधन गर्ने गरेका छन् ।

गजुरेलकी पूर्वपत्नि ढकालले आफनो टिकटक मार्फत दुई विचको कुराकानी सार्वजनिक गरेकी छिन् । दुवै विचमा म्यासेज आदान प्रदान हुने गरेको छ। सार्वजनिक भएको म्यासेजमा मन्जुले आफुलाई मनोजकी पत्निका रुपमा पुष्टि गर्ने प्रयत्न गरेको र  मिनाले उनलाई मनोजकी पत्निका रुपमा स्विकार गर्न नसकेको स्पष्ट वुझ्न सकिन्छ।

मिनाले छोराछोरीलाई भेट्ने नाममा मनोजको घरमा जाने प्रस्ताव गरेको पाईन्छ। उनले गेट खुल्लै राख्न पनि मन्जुलाई भनेकी छिन् । मिनाले पछिल्लो समय आफना अधिकांश टिकटकमा मनोज गजुरेल, मन्जु र छोराछोरीलाई समेटेर भिडियो तथा सन्देशहरु अपलोड गर्ने गरेकी छिन् ।

उनले टिकटक मार्फत मनोजसँग कुनै मतलव नभएको देखाउन पनि मनोजलाई विर्सन नसकेको प्रष्ट वुझन सकिन्छ। छोराछोरीको सम्झनाको वहानामा पनि उनले मनोज गजुरेललाई सम्झने र उनका वारेमा जानकारी राख्ने गरेकी छिन् ।

आश्चर्य लाग्दो कुरा के छ भने मिनाले मनोजसँग छोडपत्र गरिसक्दा पनि उनको जिवन गिजोल्न भने छोडेकी छैनन् । उनका भिडियोहरुमा मन्जुलाई मनोजको श्रीमतीको रुपमा स्विकार नगरेको र मनोजमाथि ‘हक’ जमाउन खोजेको वुझ्न सकिन्छ। तर, उनले यी सवै कुरामा छोराछोरीलाई अगाडि सार्ने गरेकी छिन् ।

९ महिनासम्म पेटमा वोकेको, पेट चिरेर निकालेको, हरियो खाएर सेतो दुध चुसाएको लगायतका भावनात्मक शब्द प्रयोग गरेर उनले अरुको ध्यान तान्ने प्रयत्न गरिरहेको देख्न÷सुन्न पाईन्छ।

गजुरेलले गत २५ असोजमा मन्जुसँग दोश्रो विवाह गरेका हुन् । उनले आफनो पहिलो श्रीमतीसँगको सम्वन्ध ४ वर्ष अघि कानुनी रुपमा टुङगिएको र छोराछोरीको आग्रह वमोजिम दोश्रो विवाह गरेको वताएका छन् ।

गजुरेलले ०७४ माघ ९ गते आफनो पहिलो श्रीमती मीना ढकाल सँग सम्बन्ध विच्छेद भएको औपचारिक जानकारी गराएका थिए। २०५३ सालमा प्रेम विवाह गरेका उनीहरु करिव २२ वर्ष सँगै वसेपछि आपसी सहमतिमै सम्वन्ध विच्छेद गरेर छुट्टिएका हुन। मनोज र मिनाका १ छोरा र १ छोरी छन् । डिभोर्सका बेला छोरी आमासँग र छोरा बुवासँग बस्ने सहमति थियो । डिभोर्सपछि मिनाले श्रीमानबाट एक करोड २५ लाख रुपैयाँ प्राप्त गरेकी थिइन्, जसमध्ये ६० लाख रुपैयाँ छोरीको शिक्षादिक्षाका लागि भनिएको थियो । तर, ८ महिनापछि नै छोरी आमाबाट अलग भएर बुवासँगै बस्न थालिन् । छोरी फर्किए पनि उनका नाममा लगेको ६० लाख मिनाले फर्काएकी छैनन् ।

अहिले दुवै छोराछोरी मनोजसँगै बालकोटको घरमा बस्छन् । छोरा २३ वर्षका र छोरी १६ वर्षकी भइन् । मिना भने एक्लै बस्छिन् । उनी बानेश्वरमा एउटा बुटिक चलाइरहेकी छन् । 

यो पनि

पूर्बपतिले बिवाह गरेको केही दिनमै मिना ढकाललाई कस्तो संकट ?

मनोज गजुरेलले दोस्रो विवाह गरे लगत्तै पूर्वपत्निको यस्तो असन्तुष्टी

कलाकार मनोज गजुरेलले गरे दोश्रो विवाह, सम्वन्ध नगिजोल्न आग्रह

मनोज गजुरेल मीना ढकाल मन्जु पोखरेल

विशेष