समाचार अपराध सुरक्षा

पूर्वप्रधानन्यायाधिश कल्याण श्रेष्ठको किड्नी तस्करसँग सेटिङ्ग

पूर्वप्रधानन्यायाधिश कल्याण श्रेष्ठको किड्नी तस्करसँग सेटिङ्ग

प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा विवादमा आएपछि सिङ्गो न्यायपालिका यतिवेला तरंगित छ। न्यायपालिका यसरी विवादमा आउनुमा सवैले आ–आफनै तर्क प्रश्तुत गरिरहेका छन् । कसैले जबराले मन्त्रिपरिषदमै भाग खोजेपछि यो समस्या आएको वताईरहेका छन् भने कसैले भने यो तक्कालको समस्या नभई पटाक्षेप मात्र भएको तर्क गरेका छन् ।

सिङ्गो न्याय प्रणालीमा हस्तक्षेप गर्ने र न्यायसम्पादनमा सेण्डिकेट लगाउन खोज्ने केही पूर्व प्रधानन्यायाधिशका कारण यो समस्या आएको धेरैको तर्क छ। ति मध्येमा पनि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नाम सवैभन्दा वढी आएको छ। श्रेष्ठले भित्रिरुपबाट न्यायालयलाई आदेश दिँदै आफनो स्वार्थपूर्ति गर्ने योजना चल्न छोडेपछी प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई नै सिद्याउने योजना अनुसार अहिले उनको राजिनामा मागिएको धेरैको वुझाई छ।

जानकारहरुका अनुसार उनको योजना राजनीतिक पार्टीदेखि नेपाल बारसम्मलाई प्रयोग गर्ने थियो। तर राजनीतिक पार्टीहरुले उनको प्रस्तावलाई स्वीकारेनन्। नेपाल बारका केहि पदाधिकारी लागे पनि नेपाल बारकै कार्यालयमा यस विषयमा कानुन ब्यवसायी बिच हात हालाहाल र लात्ती हानाहानको अवस्था आएपछि बारका पदाधिकारी समेत नैतिक संकटमा छन् ।

यद्यपी जबरालाई राजिनामा गराउने कसरतमा अझै पनि पूर्णविराम लागेको छैन। कल्याण श्रेष्ठ, जसले लगभग ९ महिना सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेर नेपालको न्यायकर्म चलाए। उनको नाम मृगौलाको अवैध तस्करीमा समेत जोडिएको थियो ।

चोलेन्द्रको विवाद चर्चामा आएपछि वहालवाला न्यायाधिश र पूर्वन्यायाधिशका वारेमा पनि चर्चा हुँदा श्रेष्ठको मृगौला तस्करी प्रकरण फेरी चर्चामा आएको छ । कार्तिक ११ गते नेपाल आजले नेपाल वार एसोसिएसनको सभाहलमा आयोजना गरेको ‘सवाल जवाफ’ कार्यक्रमका वक्ता सुवास ढकालले श्रेष्ठको यो प्रकरण ताजा गराए ।

न्यायाधिशहरुले नैतिकता गुमाउँदै गएको र उनीहरु श्रीमान भन्न पनि लायक नरहेको भन्दै उनले हरेक न्यायाधिशहरुको कुण्डली आफुहरुसँग रहेको र समय आएपछि त्यसलाई सार्वजनिक गर्ने चेतावनी समेत दिए । ‘कल्याण श्रेष्ठ श्रीमानको विषयमा निदान हस्पिटलमा छोरा र भाईलाई किड्नी तस्करी गरेको सिलसिलामा अभियुक्त वनाएर प्रहरीले कस्टडिमा राखेको होकी होईन ?’ उनले प्रश्न गरे–‘वहाँ पेन्सन खाँदै हुनुहुन्छ वा किड्नी तस्करीको पैसा खाँदै हुनुहुन्छ ? म अभियुक्तमा परे भनेर वहाँले वोल्नु पर्छकी पर्दैन ?’

खासमा सरकारले हालै मानव अंग प्रत्यारोपण केन्द्रको प्रमुख कार्यकारी निर्देशकमा विवादास्पद छवि भएका डाक्टर पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेपछि पूर्वप्रधानन्यायाधिश श्रेष्ठ थप विवादमा तानिएका हुन । पुकारचन्द्र यिनै कल्याण श्रेष्ठका सहोदर भाई हुन्। जसमाथि ५ करोड रुपैयाँको घोटालादेखि मृगौला तस्करीको आरोपसम्म लागेको छ।

तत्कालीन केपी ओली सरकारले मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. प्रेमराज ज्ञवालीलाई नियुक्ति गरेको थियो। तर उनको पदावधी नसकिँदै पूर्वप्रधानन्यायाधिश श्रेष्ठकै दबाबमा सरकारले डा. पुकारचन्द्र श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। श्रेष्ठमाथि ललितपुरको पुल्चोक स्थित निदान अस्पतालमार्फत मृगौला किनबेच गर्ने गरेको आरोप छ।

एक समय आरोग्य फाउन्डेशनले नै निदान अस्पताल सञ्चालन गरेको थियो। तर, डा. श्रेष्ठले फाउन्डेशनमा रहँदा ५ करोड बढी आर्थिक हिनामिना गरेको पाइएको थियो। डा. श्रेष्ठ आरोग्य फाउन्डेशनकै पूर्व महासचिव समेत हुन्। आरोग्य फाउन्डेशनको लगानीमा स्थापित निदान अस्पताल अहिले श्रेष्ठले आफ्नो एकलौटी पारिसकेका छन्। नक्कली व्यक्ति खडा गरी मृगौला तस्करी गरेको अभियोगमा प्रहरीले गत बर्ष निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत सिइओ बीपेन्द्र प्रधानसहित ५ जनालाई पक्राउ गरेर मुद्दा चलायो।

डा. श्रेष्ठकै संलग्नतामा ११ लाख रुपैयाँका लागि मृगौला तस्करी गरिएको घटना सार्वजनिक भएपनि दाजु कल्याण श्रेष्ठको आड र शक्तिमा नै प्रहरीले पुकारचन्द्रलाई पक्राउ गरेन। ढकालले भने उक्त मृगौला तस्करीमा पूर्वप्रधानन्यायाधिश श्रेष्ठको पनि संलग्नताको आशंका गरेका छन् ।

यो पनि
सर्वोच्चका श्रीमान श्रेष्ठको आडमा यी महिलाले दिईन पत्रकारलाई ज्यान मार्ने धम्की !

आन्दोलनरत न्यायाधिशले चोलेन्द्र समक्ष घुँडा टेकेः सुरु भयो इजलास

श्रीमान मिरा खड्का दुई पटक जन्मनु भयो की नागरिक्ता दुईटा हुन ?

वरिष्ठ अधिवक्ताको टिप्पणीः रामशाहपथको भन्दा शक्तिशाली सर्वोच्च अदालत कुपण्डोलमा छ

नेपाल वारको आन्दोलनमा ड्राइभर र गार्डलाई पनि कालोकोट, पत्रकारलाई रिपोर्टिङ्गमा अवरोध

देउवाले गजेन्द्र हमाललाई मन्त्री वनाउनुको रहस्य खुल्यो

प्रधानन्यायाधिश राणाको समर्थनमा सेतो पट्टि वाँधेर प्रदर्शनमा उत्रिए वकिलहरु

चोलेन्द्रशमशेर जबरा कल्याण श्रेष्ठ सर्वोच्च अदालत