समाचार

नेपाल वारको आन्दोलनमा ड्राइभर र गार्डलाई पनि कालोकोट, पत्रकारलाई रिपोर्टिङ्गमा अवरोध

नेपाल वारको आन्दोलनमा ड्राइभर र गार्डलाई पनि कालोकोट, पत्रकारलाई रिपोर्टिङ्गमा अवरोध

सर्वोच्च अदालतमा पछिल्लो समय देखिएको समस्याका विषयमा समाचार संकलन गरिरहेका सञ्चारकर्मीलाई सोमवार नेपाल वार एसोसिएसनको प्रांगणमा दुब्र्यवहार गरिएको छ। समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई परिसरवाट वाहिर वारका केही पदाधिकारी र कर्मचारीले प्रांगण वाहिर निकालेका छन् ।

नेपाल वार एसोसिएसनको आन्दोलनको विरुद्धमा भद्र अवज्ञा गर्दै ज्ञापन पत्र वुझाउने तयारी गरेको कानुन ब्यवसायी हकहित संरक्षण तथा सुद्धिकरण अभियानको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई दुब्र्यवहार गर्दै वाहिर निकालिएको हो । अभियानले नेपाल वारलाई ज्ञापन पत्र वुझाउने कार्यक्रम छ।

नेपाल वारले अवैधानिक ढंगले न्यायाधिशहरुको राजिनामा माग गर्ने जस्ता अराजक, अवैधानिक र गैरसंवैधानिक काम गर्न थालेपछि त्यसको विरुद्धमा ज्ञापन पत्र दिन लागिएको अभियानका अगुवा अधिवक्ता वसन्त वस्नेतले वताए ।

न्यायपालिकामा भएका त्रुटी कमजोरीहरुलाई संवैधानिक र कानुनी ढंगल हल गर्नु माग गर्दै ज्ञापन पत्र दिन लागिएको उनले वताए । ‘आफना पुर्वाग्रहहरु, आफना विगतका असमझदारीहरु, समस्याहरु, मुद्दामामिलामा भएका मतभेदहरुलाई साँध्नका लागि नेपाल वार एसोसिएसन, यसका पुर्वपदाधिकारीहरु र केही वरिष्ठ ज्यूहरुले जुन ढंगल प्रतिशोध पुर्ण आन्दोलन गरिरहनु भएको छ। त्यसको विरुद्धमा हामीले नेपाल वार एसोसिएसनलाई ज्ञापन पत्र दिन तयारी गरेका छौ’– उनले भने।

आफुहरुले नेपाल वारको आन्दोलनमा सहभागि नहुन आग्रह गरेपछि अधिवक्ता साथीहरु जान छाडेको र आन्दोलनमा सहभागि पनि न्यून हुन थालेको उनले दावी गरे । ‘हाम्रा साथीहरुलाई हामीले आन्दोलनमा नजान आग्रह गरेपछि सहभागिहरुको संख्या एकदमै कम छ। वरिष्ठ अधिवक्ताहरु, नेपाल वारका पदाधिकारी, एसोसिएटका साथीहरु, वहाँहरुको अफिसमा काम गर्ने गार्ड, ड्राईभर, कार्यलय सहयोगी, टाईपिष्ट सवैलाई कालो कोट लगाएर आन्दोलनमा ल्याईएको छ’ उनले भने–‘यसमा पनि हाम्रो आपत्ति भएन। हामी हाम्रो ज्ञापन पत्र वुझाउँदैछौं।’

ज्ञापन पत्र दिने कार्यक्रमको रिपोर्टिङ्ग गर्न आएका संचारकर्मीलाई नेपाल वार एसोसिएसनवाट वाहिर निकालिएको पनि उनले पुष्टि गरे ।
 

सर्वोच्च अदालत नेपाल वार एसोसिएसन कानुन ब्यवसायी हकहित संरक्षण तथा सुद्धिकरण अभियान