समाचार प्रदेश १

टोकेर श्रीमती र छोरीको हत्या

टोकेर श्रीमती र छोरीको हत्या

इलाममा एक ब्यक्तिले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् । हत्या आरोपमा इलाम प्रहरीले देउमाई नगरपालिका– ५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङलाई पक्राउ गरेको हो ।

मंगलबार बिहान ६ बजे झारफुक गर्ने क्रममा उनले श्रीमती र छोरीको हत्या गरेको प्रहरीले जनाएको छ। विहान उनी आफैंले झारफुक गरेका थिए । झारफुक गर्ने क्रममा उनले श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेका थिए । टोक्ने क्रममा नै उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट पुगेको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
 

झारफुक