समाचार राजनीति

उपेन्द्र यादवलाई गृह जिल्लामै ठग र लुटेराको आरोप

उपेन्द्र यादवलाई गृह जिल्लामै ठग र लुटेराको आरोप

गृह जिल्ला सप्तरीमा कार्यकर्ता भेटन पुगेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि दुर्ब्र्यवहार भएको छ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा कात्तिक १ गते आयोजित कार्यक्रममा यादवलाई ठग र लुटेराको संख्या दिदै स्थानीयवासीले दुर्ब्यवहार गरेका छन् । कार्यक्रममा उपस्थित अध्यक्ष यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साह र प्रदेश सभा सदस्य मनिष सुमनलाई लक्षित गर्दै स्थानीयले ठग र लुटेराको आरोप लगाए ।

कार्यक्रममा कार्यकर्ताले वोल्ने पालो आएपछि स्थानिय रमेश सदाले बोल्न पालो लिएका थिए । उनले सम्बोधन समेत नगरी उपेन्द्रको नामै तोकेर मधेशलाई ठग्न र लुटन आएको बताए। त्यसपछि उपेन्द्रका नेता कार्यकर्ताले उनको हातवाट माईक खोसेको स्थानीयले वताए ।

त्यसपछि जनता समाजवादी पार्टीका जिल्ला इन्र्चाज समेत रहेका स्थानीय नेता सत्यनारायण यादबले सदालाई निसाना बनाएर गालि गलौज गर्न गरेपछि दलित समुदायका महिलाहरु कार्यक्रम वहिस्कार गरेर हिडेको जनाईएको छ।
 

उपेन्द्र यादव