समाचार व्यापार अर्थ रोजगार

चाईना ब्यापारः कहिले बन्ला सिमासम्म राम्रो बाटो ?

चाईना ब्यापारः कहिले बन्ला सिमासम्म राम्रो बाटो ?

कोरोनाको वहानामा चीनले सुरु गरेको ब्यापार अवरोधका कारण नेपाली ब्यापारी/ब्यवसायी आजित छन् । ०७२ सालको भूकम्प पछि सुरु भएको अघोषित नाकावन्दी कोरोना संक्रमणपछि झन कडा पारिएको छ । भुकम्पका वेला चीनसँग सडक मार्ग भएर जोडिने एउटा मात्रै तातोपानी नाका चिनले वन्द गर्यो । भारतले अघोषित रुपमा नाकावन्दी गर्दा पनि सुरक्षा संवेदनशिलता देखाउँदै चीनले तातोपानी नाका खोल्न मानेन। प्रचारवाजीका लागि केरुङ्ग÷रसुवागढि नाका संचालन गर्यो तर जिर्ण सडक र आवश्यक्ता अनुसारको पूर्वाधार नहुँदा ब्यापारी÷ब्यवसायीले सामान आयात–निर्यातमा सधैं हैरानी पाए ।

कोरोनाको संक्रमण सुरु भएपछि रसुवागढि नाका पनि प्रभावित भएको छ । सामान्य अवस्थामा डेढ/दुई सय वटा कन्टेर आउने रसुवागढि नाकामा अहिले मुस्किलले ५ वटा कन्टेनर आउने गरेका छन्। चीनले कोटा सिस्टममा कन्टेनर जाँचपास गरिरहेको छ। जसका कारण नेपाली ब्यापारीको सामान महिनौदेखि केरुङ्गमा अलपत्र छ। सामान वोेकेका करिव १५ सय कन्टेर केरुङ्गमा महिनौ दिनदेखि अलपत्र परेको गोसाईकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावा दिन्डुप तामाङ्ग वताउँछन् ।

१५ महिनाअघि सिलान्यास भएको चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक निर्माणको काम अहिलेसम्म पनि सुरु भएको छैन। 

स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दुई लेनको सडक निर्माण हुन लागेको हो । हाल सञ्चालनमा रहेको स्याफ्रुबेँसी–रसुवागढीसम्मको सडक करिब १७ किलोमिटर छ। यो सिंगल लेनको कच्ची सडक हो । स्तरोन्नतिपछि उक्त सडक कालोपत्रेसहित डबल लेनको हुनेछ । चीन सरकारको पूर्ण सहयोगमा सडकको स्तरोन्नति हुन लागेको हो ।

उक्त सडक चीन सरकारले स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । उक्त सडक निर्माण गर्न १५ महिनाअघि चाइना टिबेत टिएनन्यु कम्पनी लिमिटेडलाई जिम्मा दिइएको थियो । ३९ महिनाभित्र काम सम्पन्न गर्ने गरी काम जिम्मा लगाईएको हो । त्यसैअनुरूप सडक निर्माणको सिलान्यास गरिएको थियो ।

जग्गाप्राप्ति, घरटहरा र विद्युतका पोल हटाउन नसक्दा केहि समय काम रोकिएको थियो । त्यसपछि कोरोनाका कारण पुनः काम सुरु हुन सकेको छैन । सडक निर्माणको काम तत्काल सुरु गर्न पनि तामाङ्गले माग गरेका छन् ।

यो पनि

चीनमा नेपाली ब्यापारीको सुरक्षा भएन, आफनै सामान ल्याउन दलाललाई घुस

चीनको वदमासीः ३ सय कन्टेनर आउने नाकामा ३ वटा कन्टेनर मात्रै जाँचपास

नेपालीसँगको सम्वन्ध छुटाउँन चीनले खासाको वस्ती नै उठायो

चीनियाँ नाकामा सास्तीः चिनियाँहरुलाई घुस नदिए सामान पठाउँदैनन्

चीनको अघोषित नाकावन्दीका कारण तातोपानी नाका सुनसान, सामान आयात निर्यातमा अवरोध

‘चाईना नाकावन्दी’को असर : रसुवामा सर्वसाधारणको विचल्ली, ६ सय श्रमिक विस्थापित

एमसिसी मार्फत अमेरिकी प्रभाव बढ्ने देखेपछि नेपालमा चिनियाँ नाकाबन्दी