समाचार अर्थ राजनीति

३० लाख अपचलको आरोप लागेपछि रावलको प्रतिक्रिया– अराजक प्रवृत्ति र उछृंखलता मात्रै हो

३० लाख अपचलको आरोप लागेपछि रावलको प्रतिक्रिया– अराजक प्रवृत्ति र उछृंखलता मात्रै हो

पार्टीको ३० लाख रुपैयाँ अपचल गरेको आरोप लागेका नेकपा (प्रचण्ड–माधव) समुहका नेता भिम रावलले आफु विरुद्ध कुप्रचार गरिएको वताएका छन् ।

उनले वुधवारे ट्वीट गर्दै खाता संचालन गर्ने प्रदेश कमिटीका आधिकारिक सचिव र कार्यालय सचिव हुँदाहुँदै आफुमाथि रकमको ‘अपचलन’ गरेको भनी गालिगलौज गर्नु फुटबादी पार्टी विधी मिचाहाहरूको अराजक प्रवृत्ति र उछृंखलता भएको वताएका छन् ।

रावलले लेखेका छन्–‘नेकपा, सुदूरपश्चिम प्रदेश कमिटीका आधिकारिक सचिव र कार्यालय सचिवले पार्टीको खाता सञ्चालन गर्दा मलाई रकमको ‘अपचलन’ गरेको भनी कुप्रचार गर्दै गालिगलौज गर्नु फुटबादी पार्टी विधि मिचाहाहरूको अराजक प्रवृत्ति र उछृंखलता मात्र हो ।’

रकम अपचलन गरेको आरोपमा नेकपा (ओली समूह) को सुदूरपश्चिम प्रदेश कमिटीले रावलसहित तीनजना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ।

सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाका अनुसार धनगढीमा वुधवार बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इन्चार्ज रावललाई प्रदेश इन्चार्ज तथा प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई सचिव पदबाट हटाउन सिफारिस गरेको छ। 

विशेष