समाचार अर्थ

करोडौंको कारोबार र सेटिङ्गमा लाखौ भ्रष्टाचार हुने मालपोतले दानमा लियो २ थान कम्प्यूटर !

करोडौंको कारोबार र सेटिङ्गमा लाखौ भ्रष्टाचार हुने मालपोतले दानमा लियो २ थान कम्प्यूटर !

उद्योग बाणिज्य सघ सुर्खेतले विहिवार मालपोत कार्यालयलाई २ थान कम्युटर सहयोग गर्यो । संघले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह अन्तर्गत मालपोत कार्यालयलाई कम्युटर सहयोग गरेको हो ।

मालपोत कार्यालयको आवश्यकता र जिल्ला प्रशासन कार्यालय सुर्खेतको आग्रहमा कम्युटर सहयोग उपलब्ध गराएको संघका महासचिव लक्ष्मण कंडेलले बताए । कडेलले सेवा प्रवाहलाई चुस्त, छिटोछरितो बनाउने उद्देश्यले कम्प्यूटर हस्तान्तरण गरिएको बताए । मालपोत कार्यालय सुर्खेतमा पछिल्लो समय सेवाग्राहीहरुले निकै कष्ट खेप्नु परेको अबस्थामा सेवाग्राहीहरुलाई कार्यालयले दिने सेवामा केही सहजता हुने अपेक्षा गरिएको उनको भनाई छ ।

तर, यो सहयोगसँगै जनस्तरमा भने ब्यापक असन्तुस्टी सुरु भएको छ । दैनिक लाखौंको राजस्व संकलन हुने र सेटिङ्गमा लाखौ भ्रष्टाचार हुने मालपोतले २०/२० हजारका २ थान कम्प्यूटर दान लिनु लज्जास्पद भएको सर्वसाधारणले टिप्पणी गरेका छन । ‘दान दिनेले खूब दिए झै हल्लाखल्ला गरे’ एक सेवाग्राही भन्छन्–‘सरकारी कार्यालयले नीजी संघ÷संस्थासँग सहयोग लिनु कतिसम्म जायज छ?’

‘मालपोत कार्यालय जस्तो राजश्व संकलन गर्ने अड्डामा निजि क्षेत्रले कम्प्युटर सहयोग गर्नु विडम्वना हो, पहल गर्ने निकायमा पहल गरे साधनको अभाव हुदैन सायद’ दिनेश साप्कोटा भन्छन्–‘ निजि क्षेत्रबाट राजश्व असुल गर्ने सरकारले निजी क्षेत्रसँग सहयोग माग्नु नेतृत्वसंग प्रश्न उठ्छ । अब कर्मचारीको व्यवस्था पनि गर्दिने होकि । नागरिकलाई सेवा कम दिने प्रदेशमा फजुल खर्च र कयौं कम्प्युटर धुलो लागेर फालिरहेका छन्। काम लाग्ने ठाउमा यस्तो अवस्था ? वैज्ञानिक बजेट प्रणालीको अभाव देखियो।’

श्री फुँयल सामाजिक सञ्जालमा कमेण्ट गर्छन–‘मालपोतलाई कम्प्युटर दिएर के सिद्ध गर्न खोजेका हुन ? भेद पछिनै खुल्ला तर कम्प्युटर दिन लगाउने सल्लाहकार चाहिँ महानै हुन ।’

विक्रम पुरीले भने कम्युटर सहयोगलाई शंकास्पद रुपमा लिएका छन्। ‘अहिले सुर्खेत मालपोतमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्षज्यू को केशमा ठूलो द्वन्द्व छ’ उनी भन्छन्–‘त्यही मिलाउन यो सबै नाटक होला।’ जानकारी अनुसार मालपोत कार्यालयमा संघका अध्यक्ष धनबहादुर रावतको जग्गा सम्वन्धि मुद्दा रहेको र सोहि मुद्दालाई प्रभावित गर्ने उदेश्यले २ थान कम्प्युटर सहयोग गरिएको हो ।


 
मालपोत कार्यालयका सुचना अधिकारी जनक बहादुर हमालले भने कार्यालयको आवश्यक्ता अनुसार नै कम्युटर सहयोगमा आएको वताए । ‘सेवाग्राहीको चाप धेरै, साधन श्रोतको अभाव छ’ उनले भने–‘सवै काम अनलाईन सिस्टममै गर्नु पर्ने भएकाले हामीलाई कम्प्युटरको एकदमै आवश्यक्ता थियो ।’

कार्यालयमा उठेको राजश्व अन्तै जाने र कम्प्युट किन्न नसकिरहेका वेला सुर्खेतका सिडिओ हिरालाल रेग्मीको समन्वयमा २ थान कम्प्युटर पाएको उनले वताए । ‘हामीले त स्थानीय र प्रदेश सरकारसँग माग गरेका थियौं, तर वहाँहरुको विचमा कुरा हुँदाखेरी सहयोग गर्ने कुरा गर्नु भएन’ उनले थपे–‘यसमा अन्यथा केहि छैन ।’

तर, अध्यक्ष रातको जग्गासम्वन्धि ठुलै किचलो भएको कुरा भने उनले पनि स्विकार गरे । ‘थप विषयमा त अनुसन्धान भईरहेको छ, तर एउटा किचलो चै छ’ उनले भने–‘तर, कम्प्युटरको कुराले त्यो मुद्दा प्रभावित हुने कुरा चै आउँदैन ।’ वाणीज्य संघले कम्प्युटर दिएको कुरा आफुले चै पछि मात्रै जानकारी पाएको पनि उनले वताए ।
 

विशेष