समाचार राजनीति

माधव नेपालको प्रश्नः १५ वर्ष पार्टी हाँकेको मान्छेलाई मामुली कार्यकर्ता भन्ने ?

माधव नेपालको प्रश्नः १५ वर्ष पार्टी हाँकेको मान्छेलाई मामुली कार्यकर्ता भन्ने ?

नेकपा (प्रचण्ड–माधव समुह) का अध्यक्ष माधवकुमार नेपालले ‘१५ वर्ष पार्टी हाँकेको मान्छेलाई मामुली कार्यकर्ता भन्ने ?’ भन्दै प्रश्न गरेका छन् ।

पाँचथरमा मंगलवार आयोजित सभामा बोल्दै नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रचण्डको मामुली कार्यकर्ता’ भनेको प्रसंग उठाउदै यस्तो प्रश्न गरेका हुन । ‘ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता मात्र भएको भन्नुभएछ’ उनले भने–‘१५ वर्ष पार्टी हाँकेको मान्छेलाई मामुली कार्यकर्ता भन्ने ?’

नेपालले प्रचण्डसँगको आफनो सम्वन्ध ४० वर्ष पुरानो भएको पनि दावी गरेका छन् । ‘म काठमाडौंको पार्टीको जिम्मेवार थिएँ । प्रचण्ड काठमाडौंको जिम्मेवार हुनुन्थ्यो’ उनले भने–‘दुवैजना फरक–फरक पार्टीको तर्फबाट पञ्चायतविरोधी आन्दोलनमा जुटेका थियौं ।’