समाचार अर्थ पर्यटन देश

चाईना ब्यापारः रसुवा भन्दा तातोपानी सुगम, तर चीनियाँ शासकको सन्कीले ब्यापारीको बिचल्ली 

चाईना ब्यापारः रसुवा भन्दा तातोपानी सुगम, तर चीनियाँ शासकको सन्कीले ब्यापारीको बिचल्ली 

केहि वर्ष अघिसम्म चाईना–नेपाल ब्यापारका लागि एक मात्रा नाकाको रुपमा रहेको सिन्धुपाल्चोक स्थित तातोपानी भन्सार यतिवेला सुनसान छ । यो नाका ऐतिहाँसिक, राजनीतिक, रणनीतिक, आर्थिक र कुटनितिक दृष्टिले नेपाल–चीन दुवैका लागि महत्वपुर्ण छ। 

यो वास्तविक्ता महसुस गरेरै तातोपानीस्थित लार्चामा सुख्खा बन्दरगाह निर्माण गरिएको छ । चिनियाँ रेलवे कन्सट्रक्सन कम्पनी सिआरसिटी फोटिन ब्यूरोद्वारा रु दुई अर्ब ३५ करोडमा सुख्खा बन्दरगाह निर्माण गरिएको हो । 

पाँच सय रोपनी क्षेत्रफलमा निर्माण भएको बन्दरगाहमा भन्सार, पशु तथा कुषि क्वारेन्टाइन, गोदाम, जाँचपास यार्ड, चमेनागृह, बैंक तथा आवासगृह छन् । त्यहाँ  १५८ ठूला कन्टेनर राखेर जाँचपास गर्न सकिने र ६० देखि १०० मेट्रिक टन सामान तौलने यन्त्रसमेत जडान गरिएको छ । 

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालवहादुर खत्रीकै कुरा मान्ने हो भने हाल एक सय कन्टेनर जाँचपास र ३ सय कन्टेनर स्टकमा राख्न सक्ने क्षमता छ । तर, भन्सारमा क्षमता अनुसारको काम र आउनु पर्ने जति सामान आएको छैन । दिनमा २/३ वटा कन्टेनर मात्रै आउने गरको खत्री वताउँछन् ।
 
०७२ सालको भूकम्प पछि सुरु भएको अघोषित नाकावन्दी कोरोना संक्रमणपछि चीनले झन कडा पारेको छ । भुकम्पका वेला चीनसँग सडक मार्ग भएर जोडिने एउटा मात्रै यो नाका चिनले वन्द गर्यो । भारतले अघोषित रुपमा नाकावन्दी गर्दा पनि सुरक्षा संवेदनशिलता देखाउँदै नाका खोल्न मानेन। प्रचारवाजीका लागि केरुङ्ग÷रसुवागढि नाका संचालन गर्यो तर जिर्ण सडक र आवश्यक्ता अनुसारको पूर्वाधार नहुँदा ब्यापारी÷ब्यवसायीले सामान आयात–निर्यातमा सधैं हैरानी पाए ।

भुकम्पदेखि सुरु भएको यो समस्या अझै पनि सामान्य अवस्थामा फर्किन सकेको छैन । नेपालको राजनीतिक खिचातानीमा आफनो प्रभुत्व जमाउन दवाव दिने उदेश्यले चाईनाले सुरु गरेको अघोषित नाकावन्दीका कारण भन्सारमा चहलपहल कम छ। कर्मचारी कामविहिन छन् । सामान आयात निर्यातमा अवरोध आएपछि घाम तापेर वस्नु परेको कर्मचारीहरु नै वताउँछन् ।

नाकामा अवरोध सुरु भएपछि नेपालको ब्यापार पुर्णतया प्रभावित छ । ब्यवसायीको विचल्ली भएको छ भने उपभोक्ता मारमा परेका छन् । सामान अभाव हुन थालेपछि उपभोक्ताहरु चर्को मुल्यमा सामान खरिद गरीरहेका छन् । अर्कोतर्फ कतिपय ब्यापारी आफै विस्थापित भएका छन् भने केहि ब्यापारीले आत्महत्या पनि गरेको जनाईएको छ।

आयात÷निर्यातलाई सहज वनाउन आफुहरुले पटक पटक प्रयास गरिरहेको पनि खत्रीले वताए । ‘हामी पुर्ण रुपमा सुरक्षाका उपाय अपनाउँछौं। कुनै पनि हिसावले संक्रमण जान दिदैनौं भनेर पटक–पटक अनुरोध गरेका छौं’ उनले थपे–‘ब्यवसायीको सामान महिनौ दिनदेखि अलपत्र परेको र ब्यवसायीहरु अत्तालिएको विषयमा विभिन्न माद्यमवाट कुरा भईरहेकै छ। तर, कार्यान्वयनमा सुधार आएको छैन ।’

‘हामी त पुर्ण रुपमा काम गर्नका लागि तयार छौं । जनशक्ति, पुर्वाधार सवै तयार छ। आयात वढ्यो भने दिनमा १ सयवटा गाडि आएपनि हामी जाँचपास गरेर पठाउन सक्छौं’– उनले भने।

तातोपानी भन्सार सञ्चालनमा सरकार पनि उत्साहित देखिएको खत्रीले वताए । ‘यो नाका सञ्चालनका लागि सरकार पनि उत्साहित छ। इतिहाँसमै पहिलो पटक परराष्ट्र मन्त्रीले यो नाकाको अनुगमन गर्नु भयो’ उनले भने–‘परराष्ट्र मन्त्रीले भन्सार कार्यालय अनुगमन गरेको सम्भवतः यो पहिलो हो ।’ तर, ०७२ सालको भुकम्पपछि हालसम्म पनि नाका सहज रुपमा संचालनमा आउन नसकेको उनले जानकारी दिए । ‘भुकम्पको चार वर्षपछि मात्रै नाका सञ्चालनमा आयो । तर, त्यस लगत्तै कोरोना संक्रमणको त्रासले नाका सहज रुपमा सञ्चालन हुन सकेको छैन’ उनले थपे–‘त्यसमा पनि आयात मात्रै छ। निर्यात छैन।’

०७२ सालअघि जो सुकै पनि जान सक्ने र सामान किनेर ल्याउन सक्ने अवस्था भएपनि अहिले त्यो अवस्थारसुविधा नभएको उनको भनाई छ । ‘तातोपानी नाका एक मात्र नाका थियो । हजारौ मान्छे समान किनेर ल्याउँथे। नाका अत्यन्तै चलायमान थियो’ उनले भने–‘भुकम्पले नेपाल र चिन दुवै तर्फ धेरै संरचना क्षतविक्षत भयो । त्यसपछि चार वर्ष पुर्ण नाका वन्द भयो।’

संरचना सहज वन्दै गएपछि लोसार पर्व र ०७६ सालको पुषदेखि कोरोना संक्रमणका कारण ४ महिना नाका पुर्ण रुपमा वन्द भएको खत्री वताउँछन् । ‘वैशाखदेखि पुनः सञ्चालनमा त आयो तर, आसारको २४ गतेको वाढिले वाटो विगारेर फेरी अवरोध भयो’ उनले थपे–‘त्यसपछि दिनमा ३÷४ वटा कन्टेर जाँच पास हुुन्छ। वढाउने विषयमा छलफल भईरहेको छ।’
यो पनि

मदिराले लट्ठ भएर नेपालीलाई थर्काउछन चीनियाँ प्रहरी

महङ्गियो मेड इन चाइना : दलालको दादागिरी, २४ किलोमिटर सामान ओसारेको १२ लाख

नेपाली भुमिमा ड्रोन उडाउँछन चीनियाँ लालसेना

चाईना ब्यापारः कहिले बन्ला सिमासम्म राम्रो बाटो ?

चीनमा नेपाली ब्यापारीको सुरक्षा भएन, आफनै सामान ल्याउन दलाललाई घुस

चीनको वदमासीः ३ सय कन्टेनर आउने नाकामा ३ वटा कन्टेनर मात्रै जाँचपास

नेपालीसँगको सम्वन्ध छुटाउँन चीनले खासाको वस्ती नै उठायो

चीनियाँ नाकामा सास्तीः चिनियाँहरुलाई घुस नदिए सामान पठाउँदैनन्

चीनको अघोषित नाकावन्दीका कारण तातोपानी नाका सुनसान, सामान आयात निर्यातमा अवरोध

मेयर र शेर्पालाई सुन तस्करीको आरोप, शेर्पा भन्छन– अरुले पनि भन्सारलाई प्रभाव पारे हुन्छ

‘चाईना नाकावन्दी’को असर : रसुवामा सर्वसाधारणको विचल्ली, ६ सय श्रमिक विस्थापित

एमसिसी मार्फत अमेरिकी प्रभाव बढ्ने देखेपछि नेपालमा चिनियाँ नाकाबन्दी

विशेष