समाचार

एम्वुलेन्सले अटोरिक्सालाई ठक्कर दिदा दुई जनाको मृत्यु

एम्वुलेन्सले अटोरिक्सालाई ठक्कर दिदा दुई जनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

सोमबार बिहान पौने १० वजे दमक नगरपालिका–४ ताराबारीमा सुत्केरी बोकेर पूर्वबाट पश्चिमतिर जाँदै गरेको मे१च १२४६ नम्बरको एम्बुलेन्सले प्रदेश १, ००३ ह ६२४ नम्बरको अटोरिक्सालाई ठक्कर दिएको थियो । दुर्घटनामा अटोरिक्सा चालक मोरङ, उर्लाबारी नगरपालिका–४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र अटोमा सवार अन्दाजी ४० वर्षका सन्तोष श्रेष्ठको मृत्यु भएको छ।

अटोमा सवार दमक–४ का २० वर्षीय राजन सिलवाल र सौजन मगर तथा मे११प ९५२५ नम्बरका मोटरसाइकल चालक दमक–६ का २८ वर्षीय रमेश पोखरेल घाइते भएका छन् । 

मोरङको उर्लाबारीबाट यात्रु बोकेर आएको अटोरिक्सा ताराबारीमा बाटो क्रस गरेर दक्षिणतर्फ जाने क्रममा एम्बुलेन्सले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।