समाचार अर्थ राजनीति

वलिदानी दिवसमा शहिद परिवारलाई आर्थिक सहयोग, खाली कागजमा ल्याप्चे

वलिदानी दिवसमा शहिद परिवारलाई आर्थिक सहयोग, खाली कागजमा ल्याप्चे

 
वीरेन्द्र रमण/जनकपुर

प्रदेश २ सरकारले विभिन्न आन्दोलका क्रममा शहादत प्राप्त शहिदका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

वलिदानी दिवसका अवसरमा सोमवार जनकपुरमा आयोजित औपचारीक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो।

सरकारले ६३ जना शहिद परिवारलाई सम्मानसहित २५ हजार नगद प्रदान गरेको छ । रकम वुझाउने क्रममा शहिद परिवारलाई खाली कागजमा हस्ताक्षर गराईएको थियो ।

भपाईमा रकम नै उल्लेख नगरी सहि गराएको शहिद परिवारका एक सदस्यले जानकारी दिए ।

विशेष