समाचार राजनीति

योगेश भन्छन्– म प्रधानमन्त्रीभन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ, केटो भनेर जिस्क्याउने ?

योगेश भन्छन्– म प्रधानमन्त्रीभन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ, केटो भनेर जिस्क्याउने ?

नेकपा (प्रचण्ड–नेपाल) समूहका नेता योगेश भट्टराईले आफुलाई ‘वैगुनी केटो’ भनेकोमा तिव्र असन्तुष्टी जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको झाँको झारेका छन्।

माघ ३ गते राजधानीमा प्रदेश नं १ का कार्यकर्ताको भेलामा प्रधानमन्त्री ओलीले योगेश भट्टराईलाई आफूले चुनाव जिताउन देखि मन्त्री बनाउँनसम्म सहयोग गरेको तर अहिले छाडेर गएको गुनासो गरेका थिए।

‘दौडी दौडी गएर भोट मागिदिएर मन्त्री बनाएँ, उसका लागि अनेकथोक गरियो, ओलीले भनेका थिए, ‘तर एक दिन पुक्क लात्ताले हानेर भाग्यो, को रहेछ भनेर यसो हेरेको त त्यही केटो पो रहेछ।’

जवाफमा नेता भट्टराईले ‘प्रधाानमन्त्रीले मलाई केटो भन्नुभएछ, हो म केटै हो, मेरो लिङ्ग छुट्टिएको छ, केटोको पहिचानसहित उभिएर बोल्दैछु’ भन्दै आक्रोश ब्यक्त गरेका छन् । आइतबार रामेछापको मन्थलीमा आयोजित जनसभामा भन्दै भट्टराईले भने–‘उहाँ (केपी ओली) को छुट्टिएको छैन होला, मेरो छुट्टिएको छ ।’

भट्टराईले आफू केपी ओलीभन्दा बढी मत ल्याएर जितेको सांसद भन्दै केटो भनेर नहेप्न चेतावनी समेत दिए। ‘म प्रधानमन्त्रीभन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ, उहाँसँगै लामो समयदेखि एकै कमिटीमा रहेर काम गर्दै आएको छु, मलाई केटो भनेर जिस्क्याउने ?’– उनले भने ।