समाचार राजनीति

माघ ९ को आन्दोलनले प्रतिक्रान्तिकारीका मुटु हल्लिन्छन्ः प्रचण्ड

माघ ९ को आन्दोलनले प्रतिक्रान्तिकारीका मुटु हल्लिन्छन्ः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ९ गतेको आन्दोलनले प्रतिक्रान्तिकारीका मुटु हल्लिने वताएका छन ।

प्रज्ञा भवनमा आफूपक्षका नेता÷कार्यकर्ता उपस्थित भेलामा सम्वोधन गर्ने क्रममा उनले यस्तो वताएका हुन । कार्यक्रममा सहभागि युवा÷विद्यार्थीलाई बाघ र सिंहजस्तो गर्जन पनि प्रचण्डले निर्देशन दिएका छन् ।

यस पटकको आन्दोलनमा आफु अग्र मोर्चामा रहने वताएका उनले आफुलाई यसपटक लाठी खान मल लागेको पनि वताए । ‘मलाई किन किन टाउको चिलाएको छ, लाठी खान मन छ योपटक’– उनले भने।

गिरिजाप्रसाद कोइराला, माधव नेपाल र झलनाथ खनालहरूले विगतमा लाठी खाएजस्तै आफूलाई पनि लाठी खान मन लागेको उनको भनाई छ ।