समाचार अन्तरवार्ता भिडियो राजनीति

एमसीसीको प्रवर्धक भिम रावल अहिले सवैभन्दा ठुलो ‘एमसीसी विरोधी’ ! [भिडियो अन्तरवार्ता]

एमसीसीको प्रवर्धक भिम रावल अहिले सवैभन्दा ठुलो ‘एमसीसी विरोधी’ ! [भिडियो अन्तरवार्ता]

इतिहाँसविद् एवम् राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिब्यक्ति पुर्णतः अराजनैतिक भएपनि प्रचण्ड–माधव समुहको तुलनामा धेरै स्तरिय रहेको टिप्पणी गरेका छन् । नेपाल आजसँगको विशेष कुराकानीमा ‘कहिले भेट्नु कुहिएको र कहिले वल्टु खुस्किएको’ भनेर ओलीले गैरजिम्मेवार भएर वोलिरहेको वताएका केसीले प्रचण्ड–माधव समुहको तुलनामा भने उनका अभिब्यक्ति धेरै उच्च कोटिको भएको वताए ।

‘ओलीका अभिब्यक्ति पुर्णतया अराजनीतिक छन्। तर, यो भन्दा खराव चै एउटा नारावाट नेकपा भित्रको विवादको दुस्चरित्रलाई राख्न चाहन्छु’ उनले भने– ‘‘विद्या तिम्रो सिन्दुर खै–केपी ओली तिम्रो पोई।’ यसको तुलनामा चाहीँ केपी ओलीका अराजक र गैरजिम्मेवारपुर्ण अभिब्यक्ति धेरै माथि छन्।’

तीन जना पुर्व प्रधानमन्त्री र जनताले भरोसा गरेका नेताहरु उपस्थित भएको सभामा राष्ट्रपति त्यसमाथि एकल महिलाप्रति लगाईएको अभद्र नाराले उनीहरुको सांस्कृतिक धरातल देखाउने केसीले वताए । ‘तीन÷तीन जना पुर्व प्रधानमन्त्री उपस्थित भएको सभामा एउटा महिलाको अस्मिता र देशको राष्ट्रपति प्रति तिनका कार्यकर्ताले लगाउने नारा त्यहि हो ?’ उनले भने–‘यहाँ छ आजको कम्युनिष्ट आन्दोलन र राजनीतिक धरातल। यसले यिनीहरुको सांस्कृतिक धरातल र चेतनालाई देखाउँछ।’

केसीले यसलाई नेपाली राजनीतिको दुस्चरित्र भनेका छन् । ‘यो नारा युवाहरुले लगाएका छन् । अव प्रचण्ड र माधव नेपालहरुको पदिय ब्यवस्थापनका लागि ति युवाहरुले त्यस्तो भाषा वोल्नु पर्ने?’ उनले थपे–‘अर्को कुरा, यस्तो भाषा वोल्नेलाई ठाउँको ठाउँ कारवाही गर्नुपर्ने दायित्व उनीहरुको हो की होईन ?’ आफुले यस्तो कुरा गरेपछि केहि लालवुझक्कड र वुद्धिजिवीहरुले ओलीको दलाल भन्दै सत्तोसराप गर्ने गरेको पनि उनले सुनाए । ‘म यस्तो भन्छु तर मलाई नै केपी ओलीको दलाल भन्छन’– उनले भने। 

युवा पुस्ता झन विकृत र गैरजिम्मेवार छ
विश्लेषक केसीले नेपालको राजनीतिमा युवा पुस्ता झन विकृत र गैरजिम्मेवार रहेको दावी गरे। उनको नजरमा युवा पुस्तामा गुरु घिमिरे, प्रदिप पौडेल, गगन थाापा, योगेश भट्टराई, घनश्याम भुसाल लगायतका नेतामा सम्भाना छ। ‘समग्रमा युवाको त झन आशा गर्ने ठाउँ नै छैन’ उनी भन्छन्–‘केहिसँग सम्भावना छ, तर उनीहरुको सम्भावनालाई पहिलो पुस्ताले दुरुपयोग गरे । उनीहरुले त्यो सम्भावनालाई नीजि काममा लगाए।’

घनश्यामले मलसम्म उपलब्ध गराउन नसकेको र योगेशले दिपकराज जोशीलाई रोक्ने, गोविन्द केसीलाई दुत्कार्ने, ग्राउण्ड हेन्डलिङ्ग हिमालयन एयरलाइन्सलाई दिने तथा नेवानीको जहाज नीजि क्षेत्रका भ्रष्टहरुको हातमा सुम्पने काम गरेर आफुसँग भएको साख पनि सिद्याएको उनको विश्लेषण छ। उनी भन्छन्–‘यि त राष्ट्रिय अपराध हुन नी त। खैत आशा गर्ने ठाउँ?’

गगन थापामाथि पनि धेरै आरोप रहेको वताएका केसीले गुरु घिमिरे र प्रदिप पौडेलको भने सम्भावना परिक्षण हुन वाँकी रहेको वताए । ‘उनीहरुमा वौद्धिकता, अभिब्यक्ति र लेखन पनि छ। दुस्चरित्रको कुरा पनि सुनिएको छैन । यो त ठुलो स्ट्रेन्थ होनी त’ उनले भने ‘तर, उनीहरु ठाउँमा पुगेका छैनन्, आफनो वौद्धिकतालाई देश र जनताका लागि प्रयोग गर्छन की गर्दैनन् त्यो चै हेर्न वाँकी छ।’

रविन्द्र अधिकारी यिनै मध्येका नेता भएको वताएका केसीले युवा पुस्तामा सम्भावनै नभएको भन्ने नभएपनि पहिलो पुस्ताले युवाहरुलाई पनि दुरुपयोग गरेको तर्क गरे। ‘रविन्द्रमा कस्तो भुत सवार भएको थियो र कसरी उनी पाथिभरामा गएर दुर्घटनामा परे?’ उनले भने–‘तर, युवा पुस्ता भ्रष्टिकरण र उपभोक्तावादको शिकार भएको छ। उनीहरु पद भन्दा अर्थोक केहि देख्दै देख्दैनन्। अखिलको अध्यक्षवाट रिटायर भएको छैन सांसद हुनु परो, सांसद भएको छैन मन्त्री हुनु परिसको।’

२० वर्षअघि विद्यार्थीले पाएको राजनीतिक अवसर पछिल्लो पिँढिले नपाउनु पनि अहिलेको मुख्य समस्या रहेको केसीको वुझाई छ । ‘उदाहरणका लागि २० वर्षदेखि स्ववियुको निवार्चन भएको छैन। नविना लामा, रामकुमारी झाक्रिहरु त्यहि फोरम प्रयोग गरेर त्यहाँ पुगे। तर, विस्वविद्यालयको शैक्षिक वातावरण निर्माणमा उनीहरुले किन वोल्दैनन, किन आरोप प्रत्यारोपमा लिप्त छन्? उनीहरुसँग प्रतिभा छ तर, नेताहरुले उनीहरुलाई दुरुपयोग गरेका छन् ।’

युवाहरु पनि एक–अर्को खेमामा विभाजित भएर गालि गलौज र आरोप प्रत्यारोपमा लिप्त भएको उनले वताए । ‘ शिर्ष नेताहरुले उनीहरुको प्रतिभा किल गरेका छन्’ उनले भने–‘वातावरण नै त्यस्तै पाएपछि युवा पुस्ता आफैमा पनि भ्रष्टिकरणको प्रकृया सुरु भईसक्यो।’

‘योगेश भट्टराईलाई मन्त्री हुन के हतारो? मणी थापा, टोपवाहदुर रायामाझी, रामवहादुर थापा वादल के हिसावले केपी ओलीको मन्त्री हुनुपर्ने ?’ भन्दै प्रतिप्रश्न गरेका केसीले भने–‘मणी थापा भनेको त रविन्द्र श्रेष्ठसँग मिलेर ‘जनयुद्धमा घात भयो’ भनेर प्रचण्डलाई टक्कर लिने मान्छे हो नी। उनीहरुले आफु भित्रको सम्भावनालाई देश र जनताका लागि प्रयोग गर्न सकेनन् ।’

नेपाली राजनीतिमा आशा लाग्दा कुरा नै देखिदैन
विश्लेषक केसीले देशको तथ्यांक हेर्ने हो भने आशा लाग्दो कुरा केहि नभएको वताए । ‘तथ्यांक अनुसार त यो देशमा आशा लाग्दो कुरा केहि छैन । ‘उदाहरण हेरौन, हरेक ब्यक्तिलाई जन्मिदै ४६ हजार ऋण छ। मेलम्ची खानेपानी आयोजनाको कुरा गरेको २८ वर्ष भयो’ उनले भने–‘काठमाण्डौमा ०५० सालदेखि धारामा पानी आउँदैन। मान्छेले ११ सय धाराको महशुल वुझाउँछन, अनि अर्को ११ सय खर्च गरेर पानीको ब्यवस्थापन गर्छन।’

देशको वजेट १५ खर्वको र ब्यापार घाटा १३ खर्व रहेको जानकारी दिदै उनले भने–‘देशलाई १३ खर्व वैदेशिक ऋण छ, यस्तो अवस्थामा १८२ राजनीतिक दलहरु खुलेका छन्। ३ हजार उद्योग वन्द भए। यो संरचनावाट हेर्दा आशाको विन्दु चै देखिदैन।’

मित्र राष्ट्रलाई गालि गर्नु वेकार हो, कमजोरी हामीमै छ
‘नेपाली राजनीतिमा ३÷४ वटा शक्तिकेन्द्रहरु सकृय छन भनिन्छ– भारत, चीन, अमेरिका र अन्य पश्चिमा राष्ट्रहरु। नेकपाको विवाद र अहिलेको परिस्थितीलाई अन्तर्राष्ट्रिय शक्तिहरुले कसरी प्रयोग गर्लान ?’ भन्ने प्रश्नमा केसिले भने–‘भारत त नेपाललाई सिक्किम नै वनाउन चाहान्छ। किनकी भारतसँग हाम्रो विशेष सम्वन्ध छ। १२ वुँदे त्यहिँ भयो, जनयुद्ध त्यहिँवाट सुरु भयो र माओवादी लडाकुको तालिम त्यहि त्यहिँ भयो। भारत क्लियर छ’ उनले भने–‘तर, भारतले नेपाललाई एकलौटी अखडा वनाओस भन्ने कुरा अमेरीका र चाईनालाई स्विकार छैन । यिनै शक्ति त्रयको अन्तरद्वन्द्वमा हाम्रो देशको सामरिक्ता फस्दै गएको जस्तो देखिन्छ।’ तर, राजनीति वाह्य भन्दा पनि आन्तरिक पक्षले निधो गर्ने भएकाले मित्र राष्ट्रलाई दोस दिन नहुने उनले वताए । ‘यो सवै हुनुको पछाडि र यसलार्य प्रवर्धन गर्ने चै हाम्रा देशका नेताहरुको तलदेखि माथिसम्मको दुस्चरित्र हो’ उनी भन्छन्–‘त्यसैले मित्र राष्ट्रलाई निशेध गर्ने, गालि गलौज गर्ने । त्यस्को म अर्थ देख्दिन। हामीले आफनैलाई सुधार्नु पर्छ, नेतृत्व प्रतिवद्ध हुनुपर्छ । नेतृत्वमा कमीकमजोरी छ भने युवाहरुले आंकलन गरेर त्यसको प्रतिविाद गर्नुपर्छ ।’

पहिलो पिढि विग्रिन लागे दोस्रो पुस्ताले खवरदार गरे मात्रै नेतृत्व सहि ठाउँमा वस्ने उनले वताए । ‘नेकपाको विवादमा अर्को पीढिको नेताले ‘तपाईहरु लडेर के गर्न खोजेको÷के गरेको यो’ भन्नु पर्दैन? योगेश भट्टराई, घनश्याम भुषाल त्यहि मन्त्री थिए त’ उनले भने–‘अहिले उनीहरु कत्रो कुरा गर्छन । आखिर मल नल्याउने, ग्राउण्ड ह्याडलिङ्ग दिने, ओम्नी र यति समुहलाई वोक्ने केपीका अन्य भक्त हुन् र? उनीहरु नै हुन नी। काठमाण्डौंको ठेक्का, मेलम्चीको ठेक्का, मलको ठेक्का लिनेहरुको घरमा गएर वस्ने प्रचण्ड नै होईनन्? सवै केपीको टाउकोमा हालेर समस्याको समाधान हुन सक्दैन। यिनीहरु सवै एकै हुन्।’

‘रअ’ चिफ नेपाल आएपछि आजको राजनीतिक अवस्था आयो
‘वदलिएको राजनीतिक परिवेसमा भारतले अव के–के कुरामा हस्तक्षेप गर्न सक्छ ?’ भन्ने प्रश्नमा डा. केसीले भने–‘भारतको एउटै उदेश्य थियो– दुई तिहाई टुटाउनु। उसको स्वार्थ सकियो। तर, ‘रअ’का चिफ यहाँ आएपछि आजको राजनीति उत्पन्न भएको हो।’ चीनले पटक–पटक पार्टी नफुटाउन आग्रह गर्दा पनि नेकपाका नेताहरुले त्यसको वेवास्ता गरेको उनले जिकिर गरे । ‘चीनले धेरै प्रयास गर्यो, तर यिनीहरु मानेनन्’ उनले भने–‘जे भएपनि तेस्रो पक्षलाई यहाँ ल्याउनु जरुरी छैन। यसमा अरुलाई विचमा नल्याउँ’ उनले भने–‘विघटन गर्ने केपी ओली र त्यो अवस्थामा पुर्याउने प्रचण्ड र माधव हुन। अनि किन भारत, चीन वा अन्य मित्र राष्ट्रलाई गालि गर्ने ?’

‘नेपालको अहिलेको अवस्था आउनुमा ‘एमसीसी र विआरआई’ लाई कारक मान्नेहरु छन् नी ?’ भन्ने प्रश्नमा उनले सहमति जनाए । तर, एमसीसीका विषयमा मानिसहरुले वेकारमा केपी ओलीलाई गालिगरिरहेको उनको जिकिर छ । ‘एमसीसी प्रचण्डले गरे मान्छेहरु केपी ओलीलाई गालि गर्छन। एमसीसी वावुरामका पालामा प्रचण्डले गराएको हो। अर्थमन्त्री वर्षमान पुन थिए’ उनले भने–‘वावुरामको पालामा सुरु भएर खिलराज रेग्मी, शुशिल कोईराला, केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्ड हुँदै अघि वढ्ेको हो।’ केपी ओलीको क्याविनेटमा भिम रावल नै उपप्रधानमन्त्री रहेको प्रष्ट्याएका उनले भने–‘अहिले प्रचण्डले त्यो फाईल आफनो टेवुलमा आउँदै आएन भन्छन्।  अनि भिम रावल नै सवैभन्दा ठुलो एमसीसी विरोधी भएका छन्।’

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस्।

यो पनि

‘योगेश भट्टराईहरु राजावादीलाई ‘भुतप्रेत’ भन्थे, अहिले आफै मण्डलामा पल्याँटी कसेका छन्’

नेपालका नेताहरुका वारेमा सुरेन्द्र केसीको विश्लेषणः पहिलो पुस्ता अकर्मन्य भयो, दोस्रो पिँढीमा जानुपर्छ