समाचार यौन-शिक्षा प्रदेश २

जाडोका कारण नगरपालिकाद्वारा विद्यालय वन्द, विद्यालयमा धमाधम परिक्षा

जाडोका कारण नगरपालिकाद्वारा विद्यालय वन्द, विद्यालयमा धमाधम परिक्षा

विगत केही दिनदेखि बढेको शितलहरका कारण सप्तरीको सप्तकोशी नगरपालिकाका सबै विद्यालय एक साताका लागि बन्द गरिएको छ। 

नगरपालिकाको बोर्ड बैठकले माघ १ देखि माघ ७ गतेसम्म नगर क्षेत्रभित्र रहेका ११ वटा सरकारी र १२ वटा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो। 

अत्यधिक चिसोका कारण बालबालिका बढी प्रभावित हुन थालेपछि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले माघ ७ गतेसम्मका लागि नगर क्षेत्रका ती सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख उत्तम गौतमले जानकारी दिए।

तर, अधिकांश निजि विद्यालयहरु अहिले पनि सञ्चालनमै छन्। कतिपय विद्यालयले यसै समयमा परिक्षा सुरु गरेका छन् ।