समाचार अन्तरवार्ता भिडियो देश राजनीति

‘योगेश भट्टराईहरु राजावादीलाई ‘भुतप्रेत’ भन्थे, अहिले आफै मण्डलामा पल्याँटी कसेका छन्’ [भिडियो अन्तरवार्ता]

‘योगेश भट्टराईहरु राजावादीलाई ‘भुतप्रेत’ भन्थे, अहिले आफै मण्डलामा पल्याँटी कसेका छन्’ [भिडियो अन्तरवार्ता]

इतिहाँसविद एवम् राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले संसद विघटनपछि नेपाल घातक र विनासको वाटोमा अघि वढेको वताएका छन् । नेपाल आजसँग कुरा गर्दै उनले यस्तो वताएका हुन् ।

‘मैले चाहिँ यो सिक्किम पुग्ने वाटो हो भनेको छु। मेरा यस अघिका चार वटा ठुलठुला उक्तिहरु पुरा भएका छन्, भगवानले मेरो यो पाँचौ उक्ति चाहिँ झुठ सावीत गरुन। यो देश रहिरहोस’ उनी भन्छन्– ‘तर, यिनीहरु जम्मै (नेताहरु) यो देश सक्न लागेका हुन भन्ने मेरो वुझाई छ ।’

अहिलेको अस्तब्यस्तता र अराजतकता भनेको नेपाललाई सिक्किमीकरण गर्ने वाटो भएको उनको ठम्याई छ। ‘सिक्किम यसैगरी सिद्याएको त थियो नी। प्रजातन्त्र, प्रजातन्त्र .... भन्थे त्यहाँका लठुवाहरु। जनताले ३१ प्रतिनिधि/प्रजातन्त्र मान्ने प्रतिनिधिहरु चुनेर सिक्किम विधान सभामा पठाईदिए। ३१ मध्ये ३० ले हामी भारतमा मिल्छौं भन्दिए’ उनी भन्छन्–‘सिक्किमेली जनताले आफना प्रतिनिधिहरु छनौट गरे, प्रजातन्त्र पनि पाए। तर तिनै प्रतिनिधिले देश वेचिदिए । के मतलव भयो त अव ?’ हाम्रो देश पनि अहिले त्यहि वाटोमा देखेको उनले वताए । ‘यिनीहरुले हिडेको वाटो चाहिँ त्यहाँ भन्दा अन्त पुग्दैन भन्ने मेरो अनुमान छ’–उनले थपे।

‘ओलीले आफुलाई गणतन्त्रवादी मान्दैनथे । पछिल्लो समय राजावादीको आन्दोलन र ओलीको संसद विघटन एकै पटक भयो। प्रचण्ड–माधवको असनतुष्टि पनि यसैवेला सुरु भएको छ। यो सवै घट्नाक्रमको कतै कनेक्सन छ ?’ भन्ने प्रश्नमा यि सवैको लडाई पदका लागि मात्रै भईरहेको केसीले दावी गरे । ‘यिनीहरुको कनेक्सन एउटा कुरामा छ, यिनीहरु सवै पदका लागि लडाई गर्दैछन् । अरु चै उनीहरुको निजी कुरा हो’ उनले भने–‘राजवादीलाई राजा अगाडि राख्न पाए यिनीहरुको ठाउँमा वस्न पाईन्छ की भन्ने लालसा हो। माधव–प्रचण्ड पनि केपी ओली त्यहाँवाट पन्सिएपछि प्रधानमन्त्री वन्न पाईन्छ की भन्ने हो । र उनीहरुको यो लक्ष वुझे पछि मैले नै पो किन छोड्नु भन्ने केपी ओलीको पोजीसन हो । यसमा दाईने देव्रे कुरा गर्नु दलाली गर्नु जस्तो हुन्छ, त्यो हामीले गर्नु हुँदैन। वेकार छ। यिनीहरु सवै समान हुन्।’

हिन्दु धर्म र राजतन्त्रको स्थापनाका लागि भईरहेको राजावादीहरुको आन्दोलनलाई पनि सामान्य रुपमा लिनु पर्ने उनले सुझाव दिए । ‘लोकतन्त्रमा कुनै पनि एजेण्डामा आफना विचार राख्न र सडकमा आउन पाईन्छ। त्यसलाई सहजरुपमा लिनु पर्छ’ उनी भन्छन्–‘योगेश भट्टराईहरु उनीहरुलाई ‘भुतप्रेत हुन’ भन्थे। अव अहिले उनीहरु आफै राजावादी वस्ने मण्डलामा गएर पल्याँटी कसेर वसेका छन् । उनीहरु चै पुन्यआत्मा हुन त ? को हुन उनीहरु चै ? त्यसैले लोकतन्त्रको सवभन्दा ठुलो सुन्दरता नै भिन्न मतलाई सुन्नु र मान्नु हो। त्यसलाई दुत्कारर्नु हुँदैन। त्यो नै लोकतन्त्र हो नी त। राजाले नै यो देश वनाई दिएको हो । त्यसैले राजाका अनुयायीहरु त्यहाँ होलान, उनीहरुले आफनो आवाज सडकमा ल्याए भने त्यसलाई पनि राजनीतिक रुपमा हेर्नु पर्यो नी। भुतप्रेत भनेर पन्सिन पाईदैन ।’

ओली वामदेव, प्रचण्ड र माधवलाई प्रधानमन्त्री र भावि नेतृत्व वाँड्दै हिडेको कुरा प्रचण्डको प्रोपोगाण्डा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सग्लो हुँदा केपी शर्मा ओलीले पुस्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वामदेव गौतमलाई ‘प्रधानमन्त्री र भावि अध्यक्ष तपाई नै हो’ भन्दै तुरुप फालेको भन्ने कुरामा सत्यता नभएको केसी वताउँछन् । ‘यो प्रचण्डको सञ्जालले फैलाएको प्रोपोगाण्डा हो भन्ने लाग्छ मलाई । किन भने वामदेव र नारायणकाजीले त मरिहत्ते गरिराखेका छन त मन्त्री हुन, हामीले देखिराखेकै छौ। यो सवै झगडा के केपी ओलीले नै उठाएको हो त ?’ उनको प्रश्न छ–‘वामदेवलाई पनि तिमिहरु पद माग केटा हो भनेर केपी ओलीले नै भन्या हो त? यिनीहरुलाई थाहा छैन, पाँच वर्ष जनताले ‘नो’ भनेको ? के नैतिकताले यिनीहरु राष्ट्रिय सभामा गएका हुन भन्नु त। यस्ता फटाहालाई केपी ओलीले उचालेको अवाथा यि भन्दा पनि फटाहा केपी ओली हुन भन्ने हो भने गलत निस्कर्षमा पुगिदैन ?’

अहिलेको सवै लडाई वामदेवकै लागि भएको निचोड सुनाएका उनले ‘वामदेव र नारायणकाजीले ५ वर्ष चुप लागेर वस्न हुदैन ?’ भन्दै प्रश्न गरे। सार्वभौम सत्ता सम्पन्न नेपाली जनताले ५ वर्षका लागि ‘नो’ भनेपछि पदका लागि लडाई गर्ने उनीहरु नैतिक हराम र फटाहा भएको उनले वताए । ‘त्यसकारणले यो वेकारको कुरा हो, नियनीहरुको यो पदको झगडा हो । पदको झगडामा हामी लाग्नु हुदैन। यि समान रुपमा फटाहा हुन।’


‘केपी ओली वयलगाडा सिद्धान्तमा अगाडि वढे भनेर प्रचण्डहरुले आरोप लगाइरहेका छन् राजावादी र ओलीको कुनै सम्वन्ध छ ?’ भन्ने प्रश्नमा भने उनले प्रधानमन्त्री ओलीको वचाउ गरे । ‘वयलगाडाको कुरा केपी ओलीको मिस कोटिङ्ग हो। त्यसको सन्दर्भ अर्कै थियो’ उनले भने–‘वरु वावुरामले चै हाम्रो राजा विरेन्द्रसँग अघोषित कार्यगत एकता थियो भनेर कान्तिपुरमा लेखेकै हो । र धेरै हदसम्म दरवारसँग प्रचण्ड र माओवादीको पनि लाईन जोडिएको भन्ने नै कुरा थियो ।’

केपी ओलीले त्यति वेला नेपाली कांग्रेस विनाको आन्दोलनवाट गणतन्त्र ल्याउनु भनेको ठुलागाडामा चढेर अमेरीका पुग्नु जस्तै हो भनेर भनेको कुरा स्मरण गर्दै उनले भने–‘ओलीले भनेको कुरा–नेपाली कांग्रेसको संलग्नता विना गणतन्त्रको कुरा ठेलामा चढेर अमेरीका जाने जस्तै हो। तर, ओलीले भनेको पछिल्लो पंक्तिलाई उद्धरणमा ल्याईयो, अघिल्लो पंक्तिलाई उद्धरणमा ल्याईएन।’ 

वास्तवामा नेपालमा गणतन्त्र आउँदैछ भन्ने कुरा त्यति वेला आफनो आफुलाइ पनि नलागेको वताएका उनले केपी ओलीले त्यो अर्थमा वुझनु पनि सामान्य भएको वताए । ‘केपी ओली त सामान्य मान्छे हुन नी वावा। पढाई छैन, केहि छैन । कुनै कारणले १४ वर्ष जेल वसे । अहिले त्यसको सावाँब्याज खाईरहेका छन् । यत्ति कुरा त होनी’ उनले थपे–‘म जस्तो मान्छेले त नेपालमा गणतन्त्त आउँछ भनेर सोचेको थिइँन। केपी ओलीले यती कुरा सोच्नै सक्दैनथे।’

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता त प्रचण्डको वलमा निस्एिको ‘आउटपुट’ हो भन्दै उनले केपी ओलीलाई त्यतिवेला जे अह्राईएको थियो त्यहि मात्र गरेको उनको दावी छ । ‘किनभने त्यो प्याकेज गर्नका लागि चै उनलाई अह्राईएको थियो’– केसीले थपे। 

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस्।