समाचार राजनीति

जी न्युजले सगरमाथाबारे गरेको टिप्पणीप्रति अस्कलमा प्रदर्शन

जी न्युजले सगरमाथाबारे गरेको टिप्पणीप्रति अस्कलमा प्रदर्शन

भारतीय टेलिभिजन च्यानल जी न्युजले सगरमाथाबारे गरेको टिप्पणीप्रति अनेरास्ववियुले विरोध जनाएको छ । जी न्युजले नेपालको सगरमाथामाथि भारतले पनि दाबी गर्नुपर्ने तर्कसहितको रिपोर्ट प्रशारण गरेको छ ।

उक्त रिपोर्टलाई लिएर नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज अमृत साइन्स कलेज,ठमेलमा विरोध प्रदर्शन गरेको हो ।


प्रदर्शनमा विद्यार्थीहरूले चर्का नाराबाजी गरेका छन् । उनीहरूले ‘भारतीय विस्तारवाद मूर्दावाद १’, ‘अनेरास्ववियु जिन्दावाद १’, ‘केपी ओली सरकार मूर्दावाद १’, ‘नेपाली भूमि अतिक्रमण बन्द गर’, जस्ता नारा लगाएका थिए ।