समाचार राजनीति

विप्लवका पश्चिम कमाण्ड प्रमुख बाँस्तोला पक्राउ

विप्लवका पश्चिम कमाण्ड प्रमुख बाँस्तोला पक्राउ

नेत्र विक्रम चन्द नेतृत्वको प्रतिवन्धित नेकपाका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । वास्तोला विप्लव समुहको सचिवालय सदस्य एवम् विदेश विभाग प्रमुखसमेत रहेको प्रहरी श्रोतले जनाएको छ ।

बाँस्तोलासँगै उक्त समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल पनि पक्राउ परेका छन् । मकवानपुरको बागमती गाउँपालिकाबाट पक्राउ गरिएको जनाईएको छ ।

मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको सूचना पाएपछि एक सहयोगीसहित उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । उनीहरुको साथबाट महत्वपूर्ण दस्तावेज बरामद् भए पनि हतियार बरामदबारेमा प्रहरीले जानकारी दिएको छैन ।