समाचार स्वास्थ्य

चितवनमा पुराना कांग्रेसीको कोराना संक्रमणका कारण निधन

चितवनमा पुराना कांग्रेसीको कोराना संक्रमणका कारण निधन

चितवनमा कोरोना संक्रमणका कारण नेपाली कांग्रेस एक नेताको निधन भएको छ । 

भरतपुर महानगरपालिका–५ निवासी ७७ वर्षिय भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । चेकजाँचका क्रममा उनलाई उच्च निमोनियाँ पनि देखिएको अस्पतालले जनाएको छ ।

२००१ माघ २५ गते जन्मिएका तिमिल्सिनाले कांग्रेस पार्टीको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत विभिन्न पदमा रहेर काम गरेका थिए । यसैगरी  साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रधानपञ्च, तथा भरतपुर १४ को वडाध्यक्ष, जिल्ला विकास समितिको सदस्य रहेरका थिए ।

उनका दुई छोरा र दुई छोरी छन् ।