समाचार व्यापार अर्थ रोजगार देश

मदिराले लट्ठ भएर नेपालीलाई थर्काउछन चीनियाँ प्रहरी

मदिराले लट्ठ भएर नेपालीलाई थर्काउछन चीनियाँ प्रहरी

कोरोना संक्रमणपछि चीनले नेपाली नागरिकलाई सिमा क्षेत्र प्रवेश गर्न दिएको छैन । तर, चीनियाँ प्रहरी भने अहिले पनि तातोपानी भन्सारसम्म आउने, नेपालमा भईरहेका गतिविधिको जानकारी लिने र फर्कने गरेका छन् । उनीहरुका लागि कसैको अनुमति र पासको आवश्यक्ता नपर्ने भोटेकोशी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष साङदोर्जे शेर्पाले वताए । ‘प्रहरी हुँ भन्दै सिभिलमा आउँछन्। प्रशासनले पनि केहि गर्दैन। उनीहरु आउँछन्, जान्छन्।’

भुकम्प अघि र पछिको ब्यवहारमा भने धेरै फरक भएको उनले जानकारी दिए । ‘भुकम्पअघि त गाउँगाउँ डुल्ने, नेपाली नागरिकलाई हप्काउने, उनीहरुकै इसारामा हिड्नु पर्ने अवस्था थियो । प्रहरी प्रशासन पनि केहि वोल्न नसक्ने भएपछि हामी पनि चुप लागेर वस्थ्यौं’ उनले भने–‘तर, मादक पदार्थ सेवन गरेर जथाभावी गर्न थालेपछि भने स्थानीयले प्रतिकार गर्न थालेका थिए ।’ एकदुई ठाउँमा त सर्वसाधारणले नै उनीहरुलाई खेद्नु परेको पनि उनले वताए ।

‘नाका सञ्चालन हुँदा गाडि लिएर जाने धेरै नेपालीलाई दुब्र्यवहार गर्ने, कुट्ने गर्थे। उनीहरुको सामान छोईसकेपछि किन्नै पर्ने वाध्यता हुन्थ्यो’ उनी भन्छन–‘प्रहरी पनि मिलेपछि नेपाली जस्तो सुकै ब्यवहार पनि सहन वाध्य हुन्थे ।’

चीनियाँ अधिकारीहरुले नेपालीहरुलाई हेप्ने, दुब्र्यवहार गर्ने र कुटटिप समेत गर्ने गरेका छन् । यो प्रवृत्ति पहिलादेखि नै चलि आएको हो। पास लिएर जाँदा पनि नेपाली नागरिकलाई दुब्र्यवहार गर्ने र हेप्ने गरेको गोसाईकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावा दिन्डुप तामाङ्गले सुनाए। सामान्य गल्ति गर्दा पनि नेपाली गाडि चालकलाई कुटिहाल्ने, गाली गर्ने गरिएको उनको भनाई छ।

‘हामी एक पटक केरुङ्ग गएका थियौं। एउटा गाडिले थोरै लेन मिचेछ। त्यो गाडिको चालकलाई थुतेर चाइनिज प्रहरीले वेस्सरी कुटे। चालकको एउटा आँखा फुट्यो’ तीन वर्षअघिको एउटा घट्ना सम्झदै उनले भने –‘हामीले त्यो विषयमा केरुङ्गमै आन्दोलन गर्यौ । उनीहरुले सामान्य माफि मागेर चालकको उपचार गरे र नेपाली १८ लाख जति क्षतीपुर्ति तिरे। चालकलाई कुट्ने अधिकारीको सरुवा भयो ।’ त्यसपछि पनि छिटपुट घटना भईरहेका भएपनि कोरोनापछि भने नेपाली गाडिहरु चीन जानै नपाएकाले त्यो समस्या नरहेको उनले वताए ।

आवत जावतामा पनि चाईनिज नागरिक र नेपाली नागरिकमा धेरै फरक छ । उनीहरु १५ किलोमिटर स्याफ्रुवेसीसम्म निर्वाध आउ–जाउ गर्ने गरेपछि नेपालीहरुलाई भने पास भएर पनि जान नदिने गरेको उनको भनाई छ ।

यो पनि

महङ्गियो मेड इन चाइना : दलालको दादागिरी, २४ किलोमिटर सामान ओसारेको १२ लाख

नेपाली भुमिमा ड्रोन उडाउँछन चीनियाँ लालसेना

चाईना ब्यापारः कहिले बन्ला सिमासम्म राम्रो बाटो ?

चीनमा नेपाली ब्यापारीको सुरक्षा भएन, आफनै सामान ल्याउन दलाललाई घुस

चीनको वदमासीः ३ सय कन्टेनर आउने नाकामा ३ वटा कन्टेनर मात्रै जाँचपास

नेपालीसँगको सम्वन्ध छुटाउँन चीनले खासाको वस्ती नै उठायो

चीनियाँ नाकामा सास्तीः चिनियाँहरुलाई घुस नदिए सामान पठाउँदैनन्

चीनको अघोषित नाकावन्दीका कारण तातोपानी नाका सुनसान, सामान आयात निर्यातमा अवरोध

मेयर र शेर्पालाई सुन तस्करीको आरोप, शेर्पा भन्छन– अरुले पनि भन्सारलाई प्रभाव पारे हुन्छ

‘चाईना नाकावन्दी’को असर : रसुवामा सर्वसाधारणको विचल्ली, ६ सय श्रमिक विस्थापित

एमसिसी मार्फत अमेरिकी प्रभाव बढ्ने देखेपछि नेपालमा चिनियाँ नाकाबन्दी

विशेष