समाचार

हँसियाले घाँटि रेटेर आत्महत्या प्रयास, कोरोनाले लग्यो ज्यान

हँसियाले घाँटि रेटेर आत्महत्या प्रयास, कोरोनाले लग्यो ज्यान

आफैले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका बुटवलका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका १० का ७६ वर्षीय पुरुष रहेको उपचारकै क्रममा मृत्यु भएको हो ।

असोज १२ गते उनले हँसियाले घाँटि रेटेर आत्महत्याको प्रयास गरेका थिए । उनलाई घाइते अवस्थामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि युनिभर्सल मेडिकल कलेज भैरहवा पुर्याईएका उनको मंगलबार राति मृत्यु भएको हो ।

उपचारका क्रममा पीसीआर परीक्षण गर्दा मंगलबार नै उनको रिपोर्ट पोजेटिभ आएको मेडिकल कलेजले जनाएको छ।

मृतकलाई स्वासप्रश्वास सम्वन्धि रोग पनि देखिएको जनाईएको छ ।