समाचार

बाँकेमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बाँकेमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बाँकेमा आज थप दुई जना कोरोना सङ्क्रमित मृत्यु भएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका–७ रानी तलाउका ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाडले जानकारी दिए।

योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।
(रासस)