समाचार अर्थ

हात्ति छाप चप्पल पड्काउने मालपानी र चुन्नुको गोरखधन्दाः यसरी वने अरवपति

श्रीराम टोवाकोः मसला र डुब्लिकेट चेलपार्क मसीको ब्यापारवाट खडा भएको साम्राज्य

हात्ति छाप चप्पल पड्काउने मालपानी र चुन्नुको गोरखधन्दाः यसरी वने अरवपति

शिक्षक पेशा छोडेर सामान्य किराना पसल सुरु गरेका गुल्मिका चुन्नप्रसाद पौडेल यतिवेला आरवौंका मालिक छन् । कुनै वेला ट्याक्टरमा ठक्कर खाँदै किराना पसलका सामान ओसार्थे । तर, यतिवेला झण्डै आधा दर्जन फ्याट्रिका मालिक हुन– पौडेल।

चुन्नप्रसाद पौडेलचुन्नप्रसाद पौडेल

गुल्मिको चोरकाटे, रुपाकोट तथा शान्तिपुर क्षेत्रमा उनको सामान्य किराना पसल थियो । ०४२ सालतिर ४५ हजार जुटाएर उनले किराना पसल सुरु गरे। त्यसताका उनले असाध्यै कष्ट काटे । तर, त्यसको १० वर्षपछि नै उनको ब्यवसायीक यात्राले फड्को मार्यो। ०५३ सालमा उनी वुटवल पुगे ।

तत्कालिन माओवादीले दुःख दिएको भन्दै वुटवल सरेका पौडेलेको पुर्वको ब्यापारीक शहर विराटनगरका होलसेल ब्यापारी कमलकिशोर मालपानीसँग भेट भयो । त्यसताका कमलकिशोर मालापानी र ब्यापारमा संलग्न उनका परिवारका सदस्यले ‘चेलपार्क मसी’ को डुब्लिकेट वनाएको आरोप थियो ।

मालपानीकमलकिशोर मालपानी

विराटनगरका मालपानी र वुटवलका पौडेलले ब्यापारमा सहकार्य गर्ने निर्णय गरे । चाउचाउ तथा विभिन्न प्रकारका मसला उत्पादन तथा विक्रि वितरणवाट उनीहरुको ब्यवसायीक यात्रा सुरु भयो । 

वुटवल तथा आसपासका क्षेत्रमा मालपानी र पौडेलको प्रवेशसँगै ब्यापार/ब्यवसायमा विकृति भित्रियो भन्दै कतिपयले कुरा काटे । तर, उनीहरुले आरोप लगाउने र कुरा काट्नेहरुतर्फ भन्दा पनि आफनो गन्तब्यलाई ध्यान दिए ।

यसैक्रममा उनीहरुले वुटवलमै श्रीराम टोबाको उद्योग प्रालिको सुरुवात गरे। उद्योगमा गुट्खा तथा सुर्तिजन्य वस्तु उत्पादन सुरु भयो। अहिले देशका कुना–कुना र प्रत्येक वजारमा छ्यासछ्यास पाउने ‘करेन्ट प्लस र भोला गुट्खा’ श्रीराम टोवाको कै उत्पादन हुन । 

श्रीराम टोवाकोवाट उनीहरुले राम्रो फाईदा उठाएका छन् । तर, उत्पादका विषयमा भने सर्वत्र गुनासो छ। श्रीराम टोवाकोका उत्पादन करेन्ट प्लस र भोला गुट्खा उत्पादनमा पौडेल र मालपानीले सर्वसाधारण मात्र नभई सररकालाई समेत ठगिरहेको जानकारहरु वताउँछन् । गुणस्तरहिन सामग्री तयार गरेर जनस्वास्थ्यमा खेलवाड गरेको तथा कर छलि गरेको उनीहरुको आरोप छ ।

कर छलि गरेको आरोप लागेपछि उनीहरुले लाली र करेन्ट चाउचाउ तथा करेन्ट मसलाको उत्पादन सुरु गरे । चाउचाउ र मसलाको उत्पादन भने ब्यापार गर्नका लागि नभएर आँखा छल्नका लागि सुरु गरिएको जानकारहरु वताउँछन् । ‘रातारात अकुत सम्पत्ति कमाएपछि सरकारले छापा मार्ने र सवैको नजगरमा परिने डरले ति उत्पादन सुरु भएको हो’ श्रोत भन्छ–‘आम्दानीको श्रोत धेरै र रोजगारी श्रृजना देखाउन तथा कर छलि गर्न ति उत्पादन सुरु भएका हुन्।’

सरकार र सरोकारवालाको आँखा छल्न श्रीराम टोवाको वाहेक उनीहरुले सोना प्याकेजिङ फ्याक्ट्री, यशोदा फुड्स प्रा.लि., सोना पोलिमर्श र त्रिमुर्ति ईन्डिष्ट्रज सञ्चालन गरेको श्रोतको दावी छ । 

राजश्व चुहावट गरेको आरोपमा श्रीराम टोबाको उद्योग प्रालि विरुद्ध ०७६ पुषमा रुपन्देही जिल्ला अदालतमा परेको मुद्दाले ब्यापार/ब्यवसायमा मालपानी र पौडेलेको नियत प्रष्ट हुने उनीहरु वताउँछन् ।

राजस्व अनुसन्धान विभागले श्रीराम टोबाको उद्योग प्रालिका सञ्चालक कमल किशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल, टानबहादुर पाण्डे, श्रवणकुमार बेरिवाल, बलराम अधिकारी, रामप्रसाद ढकाल र उमादेवी शर्मालाई विपक्षी वनाएर जिल्ला अदालतमा दर्ता गराएको मुद्दामा एघार करोड ८१ लाख १६ हजार ७ सय ९७ रुपैंया राजश्व छलि गरेको दावी गरिएको छ । विभागले विगोको दोब्बरसम्म जरिवाना सहित ३ वर्ष जेल सजायको माग गरिएको थियो । 

प्रालिबाट उत्पादन हुने अन्तःशुल्क लाग्ने सूर्तिजन्य पदार्थहरुको उत्पादन कम देखाइ विभिन्न बिक्रेताहरुको सहयोगमा स्टीकर र कर विजक बिक्री वितरण गरी तथा प्याकिङ्ग गरेको प्याकेटमा परिमाण भन्दा बढी मालवस्तु उत्पादन प्याकिङ तथा बिक्री वितरण गरेको विभागको दावी छ ।

उक्त उद्योगका उत्पादनहरु बिक्री गर्ने विभिन्न फर्महरु श्यामलाल बन्जाडे ट्रेड सेन्टरका सञ्चालक श्यामलाल बन्जाडे, जय महालक्ष्मी जनरल स्टोर्सका सञ्चालक गोपीकृष्ण गैरे, नवअन्नपूर्ण स्टोर्सका सञ्चालक राजकुमार जयसवाल, शनी स्टोर्सका सञ्चालक नारायणप्रसाद श्रेष्ठ र एलजी ट्रेड सेन्टरका सञ्चालक लक्ष्मण ज्ञावली समेतबाट अन्तःशुल्क स्टीकर नलगाएको अवस्थामा सूर्तिजन्य पदार्थ बरामद भएको थियो ।

अर्कोतर्फ कमल मालपानीले विराटनर क्षेत्रमा पनि आफनो वर्चस्व कायमै राखेका छन् । गुट्खाको अवैद्य कारोवारमा उनको नाम जोडिने गरेको छ । 

उनले भोलेबाबा ट्रेडर्सलाई डिलरसिप दिएर गुट्खाको अवैद्य धन्दा सुरु गरेको र राज्यलाई बुझाउने भ्याट ठगी गर्ने गरेको खुलेको थियो । विराटनगर महानगरपालिका ५ मा रहेको उक्त ट्रेडर्सका सञ्चालक विवेक मालपानी (कमल मालपानीको भतिजो) र किसन बोहोरा हुन । 

०७६ सालमा डिलरका रुपमा रहेका किसन बोहोराले एकपटक प्रयोग भइसकेको अन्तःशुल्क ‘स्टिकर’ पुनःप्रयोग गर्ने गरेको खुलेको थियो । उनले प्रयोग भइसकेको अन्तःशुल्क ‘स्टिकर’ कामदार खटाएर व्यापारीबाट प्रति‘स्टिकर’ एक रुपैयाँमा खरिद गर्ने गरेको पनि खुलेको थियो ।

राजस्व ठगी भएको आशंकामा दुई वर्ष अगाडि पनि आन्तरिक राजस्व कार्यालय विराटनगरले भोलेबाबा ट्रेडर्समा छापा मारेको थियो । 

यतिमात्रै होईन, चुन्नप्रसाद पौडेल र कमल किशोर मालपानीको ‘पार्टनरशीप दवदवा’ अझै वढेको छ । उनीहरुले सर्वसाधारण र सरकार समेतलाई गुमराहामा पारेर अकुत सम्पत्ति आर्जन गरेको उनीहरुकै आसोपासेहरु वताउँछन् । दुवैले सम्पत्ति लुकाउन अदृष्य रुपमा लगानी गर्न सुरु गरेका छन् भने वुटवल र काठमाण्डौ स्थित नक्सालमा भब्य भवन वनाएका छन् ।

मालपानीको विराटनगर र वुटवलमा तथा पौडेलको वुटवल र नक्सालमा घर छ । 

यसका साथै उनीहरुले घरजग्गा कारोवार समेत सुरु गरेको जानकारहरु वताउँछन् । उनीहरु भन्छन्–‘गुट्खाको कारोवारमा ठगि गरेको सम्पत्ति घरजग्गा कारोवार देखाएर चोख्याउने प्रयास भईरहेको छ।’

कमलकिशोर मालपानीले भने आफुहरु प्रतिका आलोचना गलत भएको र आरोपहरु निराधार रहेको वताए ।

ADVERTISEMENT