समाचार अपराध सुरक्षा

चटपटेको विवादमा मामाले गरे १२ वर्षिया भान्जिको हत्या

चटपटेको विवादमा मामाले गरे १२ वर्षिया भान्जिको हत्या

चटपपटेको विषयमा विवाद हुँदा सुनसरीमा एक वालिकाको हत्या भएको छ ।

बराहक्षेत्र नगरपालिका १ कटहरेकी १२ बर्षीया बालिका मिना राईको हत्या भएको प्रहरीले जनाएको छ । स्थानीय १५ वर्षिय रञ्जीत राईले नातामा भान्जि पर्ने मिनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको संघीय प्रहरी इकाई कार्यालय धरानले जनाएको छ ।

प्रहरीका अनुसार मिनाकी आमा सामान्य विरामी भएपछि शुक्रवार राती परिवारका सवै सदस्य नजिकै रहेको अनुषा राईको घरमा धामी लगाउन गएका थिए । तर, घरमा कोहि नभएकाले राती करिव १० वजे मिना घर फर्किईन।

मिनाकै घरमा रहेको चटपटे पसलमा रञ्जीत पनि पुगे। सोहि क्रममा दुवै विच विवाद भएको थियो । विवाद वढ्दै जाँदा रन्जितले सिसाको बोतलले टाउकोमा हानेको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ । मिना लडेपछि भेष्ट र रुमालले घाँटीमा कसेर हत्या गरीएको इकाई कार्यालय धरानले जानकारी दिएको छ ।

प्रहरीले ‘लैला’ नामको कुकुरको सहयोगमा शनिवार रञ्जीतसहित ८ जनालाई पक्राउ गरेको छ। मुलुकी अपराध –संहिता ऐन २०७४ को ज्यान सम्बन्धी कसुर गरेको अभियोगमा सुनसरी जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।