समाचार

वुलवको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

वुलवको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुटवल–१० का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बिहीबार उनलाई लुम्बिनी प्रादेशिक अस्पताल अस्पताल ल्याईएको थियो । 

विहिवारै उनको स्वाव संकलन गरि पिसिआर परिक्षण गरिएको थियो । शुक्रबार रिपोर्ट पोजेटिभ आएपछि कोरोना अस्पतलमा सारिएका उनको उपचारका क्रममा दिउँसो मृत्यु भएको जनाईएको छ ।

उनी मृगौला र श्वासप्रश्वासका विरामी रहेको अस्पतालले जनाएको छ ।

योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

 

ADVERTISEMENT