समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घन्टामा थप १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

यस अवधिमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा १४ सय ५५ जना कोरोना मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या ५१ हजार ८ सय ६६ जना पुगेको छ ।

१८ हजार २ सय ८९ जना कोरोना संक्रमित आईसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

ADVERTISEMENT