समाचार

ललितपुर महानगरका मेयर चिरिबाबुलाई कोरोना

ललितपुर महानगरका मेयर चिरिबाबुलाई कोरोना

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि परिक्षण गराउँदा पिसिआर रिपोर्ट पोजेटिभ आएको जनाईएको छ । उनी होम आइसोलेसनमा छन् ।


कोराना संक्रमितका लागि अत्यावस्य सामग्री आपुर्तिका लागि घरदैलो गर्दै आएका उनलाई सोहि क्रममा संक्रमण भएको हुन सक्ने अनुमान छ ।

‘जिउ दुख्ने समस्या भएपछि स्वाब परिक्षण गराएको उनले जानकारी दिए ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो । उनी डिस्चार्ड भईसकेका छन् ।

ADVERTISEMENT