समाचार

मंगलवार थप १३ सय ५६ जनालाई कोरोना पुष्टि

मंगलवार थप १३ सय ५६ जनालाई कोरोना पुष्टि

२४ घण्टामा मुलुकभरी थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा मात्रै ६४७ जना संक्रमित भेटिएका छन्  । काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको पत्रकार सम्मेलनमा वोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको वताए ।

यस अवधिमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

त्यसैगरी २४ घन्टामा ८२३ जना निको भएका छन । यो सँगै हालसम्म कोेरोना संक्रमण मुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको गौतमले वताए ।