कभर स्टोरी

जिपले मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु

जिपले मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु

महोत्तरीमा जिपले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु

ज १ च १८४६ नम्बरको जिपले बर्दिबास नगरपालिका–६ मा मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मोटरसाइकल चालक स्थानीय ३२ वर्षीय प्रमोद राय र पछाडि सवार २८ वर्षीय देव बहादुर खपाङ्गीको मृत्यु भएको हो । घाईते दुवैलाई अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते १८ वर्षीय राजभरोष महतोको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । जिप चालक फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT