समाचार राजनीति

कांग्रेसको लोगो र झण्डा व्यापार/व्यवसाय गर्नका लागि प्रयोग गर्ने क्रम वढ्योः वरिष्ठ नेता पौडेल

कांग्रेसको लोगो र झण्डा व्यापार/व्यवसाय गर्नका लागि प्रयोग गर्ने क्रम वढ्योः वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको लोगो र झण्डालाई व्यापार व्यवसाय गर्नका लागि प्रयोग गर्ने क्रम बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । कम्युष्टिसँग प्रतिष्पर्धा गर्न कांग्रेसीजनले यो आचार त्याग्नु पर्ने र समाजवादी आचरण देखाउनुपर्ने उनको सुझाव छ।

गणेशनमान सिंहको स्मृति दिवसका अवसरमा प्रध्यापक बहस चौतारीले आयोजना गरेको अर्चुअल कार्यक्रममा पौडेलले राजनीतिक जोडघटाउबाट नभएर सिद्धान्तको राजनीति आवश्यक भइसकेको बताए ।

कम्युनिष्टहरु विचारको विषयमा अझै पनि झुट बोलिरहेको जनाउँदै पौडेलले उनीहरुसँग सिद्धान्तका कुरामा खरो रुपमा बहसमा उत्रनु पर्ने वताए । 

कम्युनिस्टलाई सिद्धान्तको बहसमा उत्रार्न सकेमात्र कांग्रेसको जीत हुने उनले बताए । ‘उनीहरुसँग पैसा, राज्यसत्ता सबै छ, अब कम्युनिस्टलाई पररास्त गर्र्ने एउटै माद्यम हो’ उनले भने–‘उनले भने–‘कांग्रेसले सिद्धान्तको लडाइ सुरु गर्न थाले कम्युनिस्ट प्रतिष्पर्धामा पछि पर्छन।’

‘कांग्रेसको विचार समाजवाद हो र गरिब, श्रमिक तथा किसानको विचार पनि समाजवाद हो’ उनले भने–‘गरिबको हित सुरक्षा नगरि पुँजीपतिको सुरक्षा हुँदैन भन्ने विश्वास पुँजीपतिलाई दिलाउनुपर्ने वेला आएको छ ।’ गाउँको विकासले मात्र सहरको व्यापार बढ्ने कुरा कांग्रेसले नै वुझाउनु पर्ने उनको भनाई छ ।

ADVERTISEMENT