समाचार स्वास्थ्य

२४ घण्टामा १५ सय ३९ जनालाई कोरोना संक्रमण, ८ जनाको मृत्यु 

२४ घण्टामा १५ सय ३९ जनालाई कोरोना संक्रमण, ८ जनाको मृत्यु 

२४ घण्टामा नेपालमा थप १५ सय ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १५ सय ३९ जना संक्रमित थपिएको जानकारी दिए । 

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।

यसैगरी, यस अवधिमा १ हजार ६८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७ सय ६ जना पुगेको छ ।

यस्तै ८ जनाको कोरोनाका कारण मृत्यु भएको प्रवक्ता गौतमले जनाए ।
मुलुकभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ जना पुगको मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT