समाचार स्वास्थ्य प्रदेश १

प्रदेश १ मा २४ घण्टामा १ सय ३८ जनालाई कोरोना संक्रमण

प्रदेश १ मा २४ घण्टामा १ सय ३८ जनालाई कोरोना संक्रमण

प्रदेश नं. १ मा गएको २४ घण्टामा १३८ सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ७७४ जनाको पिसिआर परीक्षण गरेकोमध्ये  ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा १०८, सुनसरीमा २२, झापामा दुई, सङ्खुवासभा, पाँचथर, ताप्लेजुङमा एक÷एक र प्रदेश बाहिर तीनजना सङक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार विराटनगरमा ७० जनामा सङ्क्रमण देखिएकामध्ये २८ महिला र ४२ पुरुष छन् ।     
    
प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ९६७ पुगेको छ । प्रदेशमा आज ६४ जना सङक्रमित निको भै घर फर्केका छन् । प्रदेशमा हालसम्म दुई हजार १४२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा हाल सम्म एक लाख १० हजार ७९० जनाको पिसिआर परीक्षण सम्पन्न भएको छ । 

(रासस)