समाचार स्वास्थ्य

२४ घण्टामा १ हजार ४ सय ५९ जनालाई कोरोना संक्रमण, ११ जनाको मृत्यु

२४ घण्टामा १ हजार ४ सय ५९ जनालाई कोरोना संक्रमण, ११ जनाको मृत्यु

 

पछिल्लो २४ घण्टामा मुलुकभर मंगलवार थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजित पत्रकार सम्मेलनमा यसको जानकारी दिईएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। 

विगत २४ घन्टामा १० हजार ३ सय ७५ पीसीआर परीक्षण गरिएको थियो ।

यसैगरी, ११ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै विगत २४ घन्टामा १ हजार ६२ जना डिस्चार्ज भएका छन्। योसहित संक्रमण मुक्त हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ जना रहेको मन्त्रालयले जनाएको छ ।