समाचार अपराध सुरक्षा

सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ

सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ

ओखलढुङ्गामा  चम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पीडित पक्षले प्रहरीमा दिएको जाहेरीका आधारमा १४ र १६ वर्षका दुई बालकसहित १८ वर्षका युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए।

आरोपितलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र तीनमध्ये एक जनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरिक्षक बस्नेतको भनाइ छ ।

बालिकाको स्वास्थ्य परीक्षण पछि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(रासस)