मलाई कसैले मेरो देशभक्तिमा औँला उठायो भने मेरो रगत तातेर आउँछः मिनेन्द्र रिजाल [भिडियो]
![मलाई कसैले मेरो देशभक्तिमा औँला उठायो भने मेरो रगत तातेर आउँछः मिनेन्द्र रिजाल [भिडियो]](https://nepalaaja-files-storage.sfo2.digitaloceanspaces.com/uploads/username-4_4/2020/08/mindrandra-rijal-oli.jpg)
नेपाल आजसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री डा। मिनेन्द्र रिजालले कोरोना भाइरसको माहामारीको कारण राजनितीमा परेको असरबारे कुराकानी गर्नुभयो । कोरेना महामारीको बेलामा समेत कयौँ नेताहरु अझैपनि कुर्सी र सत्ताको लागि नै लडिरहेका छन् भन्दै उहाँले निराशा पोख्नुभयो । अहिले कुर्सी र सत्तालाई भन्दा बढी तपाईको खाँचो जनतालाई छ भन्दै उहाँले सम्पूर्ण नेताहरुलाई समेट्नुभएको छ ।
प्रस्तोताद्धारा सोधिएको केही प्रश्न र उत्तरहरु तल दिइएको छः
यहाँले कोरेनाले नेपाली राजनितीमा कस्तो असर परेको देख्नुभएको छ ?
सबैभन्दा दुःखको कुरा के हो भने हामीले ३ महिना भन्दा बढी लकडाउन गर्यौँ । लकडाउन सक्केको पनि झन्ठै १ महिना भइसक्यो । लकडाउनको मूल मान्यता के हो भन्दा, लकडाउनले तयारी गर्ने समय दिन्छ । ३ महिना लकडाउन गर्ने भनेको रोग संक्रमणलाई नियन्त्रण गर्ने, अस्पतालको क्षमता, क्वारेन्टिनको क्षमता, होम आइशोलेशनमा बस्ने क्षमता, बाहिरबाट आउने मान्छेहरु आउँदा बस्ने व्यवस्थाको क्षमता यो सबै एकअर्कासँग जोडेर मिलाउनको लागि लकडाउन गरिन्छ । लकडाउन त भयो तर सरकारले गर्नुपर्ने यी कामहरु सरकारले नगरेर सत्ता र कुर्सीको लाडाइँमा लाग्यो यस्तो की नेपालमा केही पनि छैन । कोरेनालाई सजिलै बेसार पानी खाएर पचाउन सकिन्छ भनेर असाध्यै स्तरहीन कुरा गरेर जनतालार्य गम्बीर बनाउनुपर्ने ठाउँमा आफैँ एउटा हासोको पात्र हुनुभयो । यरको कारण कत्किो ज्यान जान्ट र यरले अर्थतन्त्रमा पनि असर पार्न सक्छ भन्ने तपाईँ हामी सबैको चिन्ताको विषय हो ।
नेकपा अध्यक्ष प्रचण्डले सत्ताको लागि बालढिपी गर्नुभएको हो ? प्रतिपक्ष दलको जिम्मेवार नेताको आखाँले के देख्छ ?
बालढिपी भनेर म भन्दिन । उहाँहरुको लडाई झगडामा म पक्ष विपक्षमा छैन । कम्युनिष्ट पार्टीभित्र मेरो मत छैन । कम्युनिष्ट पार्टीको नेता को हुने, संसद दलको नेता को हुने, पार्टीको सभापति को हुने, त्यो पार्छीको महाधिवेशन कहिले हुने, त्यो मेरो विषय होइन । म त्यहाँको झगडामा निरपेक्ष छु । झगडा गर्नुस् मलमई खुशी नै हुन्छ तर आज नगरिदिनुस् । जनतालाई यो कोरेनाको जोखिमबाट जोगाउ, बचाउँ अनि दिन सामान्य भएपछि जति झगडा जति मारपिट गर्नुहुन्छ मलाई त्यसमा रुनुपर्ने छैन । मैले कम्युनिष्ट पार्टीको यो नराम्रो त्यो नराम्रो भन्न मिल्दैन तर ओली जी प्रतिको निराशा, एउटा कुनै मानिसमा यति ठूलो लोकप्रियताबाट यति ठूलो निराशा आम जनतामा कसैकोबाट पनि थिएन ।
इनफ इज इनफ भन्ने अभियानमा नेपाली कांग्रेसको र तपाईको व्यक्तिगत रुपमा समर्थन छ की छैन ?
कांग्रेसको समर्थन छ । कांग्रेसको नेताहरु पुग्नुभयो । मैले पनि सुरुका दिनदेखि नै इनफ इज इनफको आन्दोलन सुरु हुँदाको दिनदेखि नै मैले त्यसको समर्थन मै बोलेको छु । मैले प्रधानमन्त्रीलाई संसदमा भने प्रधानमन्त्री कुरा सुन्नुस् नेपाल, बलियो नेपाल, आफ्नो भूभाग नगुमाउने नेपाल, असाध्यै ठूलो देशभक्तिको प्रमाण दिन सक्ने नेपाल, कसैसँग पनि नहेपिने नेपाल, यो अहिलेको युवाहरुको आवाज हो जसले देशभक्तिको प्रमाण दिन्छ । यो कुरा राम्ररी सुन्नुस् भने । कालापानी, लिपुलेखको भुभाग नक्सा सहितको अनुसूचिमा राख्ने बेलामा पनि मैले भने यो आवाज सुन्नुस है, यो आवाज कसैको पक्षमा होइन तर नेपालको सम्मानलाई अगाडि लिएरजाने आवाज हो । यिनको आवाज सुन्नुभयो भने तपाईले आफ्नो पनि भलो गर्नुहुन्छ हाम्रो पनि भलो गर्नुहुन्छ र नेपनललाई कोही छिमेकी राष्ट्रसँग पनि नदब्ने राष्ट्र नेपालका रुपमा लिएर जान सक्नुहुन्छ भनेर मैले भने ।
पुरै अन्तर्वाता हेर्नको लागि तलको सामाग्री हेर्न नभुल्नुहोला ।