मनोरञ्जन

अर्जुन क्षेत्रीले भविष्यवाणी गर्दै होलान् की छोडे होला ?

अर्जुन क्षेत्रीले भविष्यवाणी गर्दै होलान् की छोडे होला ?

अर्जुन क्षेत्रीको वास्तविक नाम अर्जुन कुमार थापा हो । उनको जन्म विराटनगरमा भएको थियो । उनी अहिले काठमाडौँमा बसोबास गर्दै आएका छन् । उनले भारतबाट ज्योतिष शास्त्रमा मास्टर डिग्री गरेका हुन् । उनी अहिले २८ वर्षका भइसकेका छन् र न विवाह बन्धनमा बाँधिएका छैनन् । उनी गणित विषयमा बढी आर्कषित छन् । उनले फेस रिडिङ् मार्फत चर्चा कमाएका थिए ।

विभिन्न भविष्यवाणीहरु मार्फत उनी बेलाबेलामा चर्चामा आइरहने गर्थे । उनले नेपालमा ढिलो चाँढो राजतन्त्र फर्किन्छ भनेर पनि भविष्यवाणी गरेका थिए । सामान्य मौसम, राजनिती, खेल र अरु थुप्रै विषयमा भविष्यवाणी गरेर उनी त्यस भविष्यवाणीलाई आफ्नो सामाजिक संजाल मार्फत सार्वजनिक गर्दथे ।

कहिले निर्मला हत्या काण्डको अपराधी चाडै पक्राउ पर्नेछ भन्दै र कहिले रवि लामिछानेको सत्यता भन्दै चर्चामा आउने क्षेत्रीले न त निर्मलाको अपराधी को हे भन्न सकेका थिए न त रवि लामिछानेको वास्तविकता । कोहीले उनको विश्वास गर्थे भनै कोहीले गर्दैनथेँ ।

यससँगै उनको नेपालमा भुकुम्प आउँछ भन्ने भविष्यवाणीले सारा नेपालीलाई त्रास फैलाएपछि उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । अहिले कोरोना माहामारीको बेलामा पनि उनले कोरोना नियन्त्रण हुन सक्ने र नसक्ने कुरामा पनि  भविष्यवाणी गर्दै आएका छन् । भविष्यवाणी सँगसँगै अहिले उनी ५० लाखको ठगीको विषयमा फेरि पनि चर्चामा आएका छन् । फेरि पनि उनी प्रहरीद्धारा पक्राउ परेका छन् । दुनियाँको भविष्यवाणी गर्ने अर्जुन क्षेत्रीले आफू पक्राउ पर्नसक्ने भविष्यवाणी भने गर्न सकेनन् ।

विभिन्न विषयमा थुनामा परिराख्ने अर्जुन ठगीका कारण पक्राउ परेका भएपनि भविष्यवाणी भने अझै छाडेका छैनन् ।