समाचार

झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । नेकपा नेता झलनाथ खनाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । 

पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा पुगेको बेला चिनियाँ राजदूत होउ यान्छीले आफ्नो सक्रियता बढाएक छन् । 

उनी मंगलबार बिहान करिब १० बजेतिर ११ सीडी०१ नम्बरको जीपमा खनाल निवास पुगेकी हुन् । 

यसअघि आइतबार साँझ नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी थिइन् । जुलाई ३ मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी राजदूत यान्छीले जुलाई ६ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेकी थिइन् ।