देश

जबज अघि सारे नयाँ पार्टी आफैँ बन्छ : ओली

जबज अघि सारे नयाँ पार्टी आफैँ बन्छ : ओली


नेपाल कमुनिस्ट पार्टी मालेको चौथो महाधिवेशनमा महासचिव मदन भण्डारीले तत्कालीन कार्यक्रममा बोल्दै जनताको बहुदलिय जनवाद प्रस्तुत गरे।

२०४७ साल पुस २२ गते मदन भण्डारीले नेतृत्व गरेको नेकपा माले र मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा मार्क्सवादी को एकीकरण भयो।

विश्व कम्युनिस्ट आन्दोलनमा केही स्थानमा जस्तै रुस,चीन र उत्तर कोरिया लगायात देशमा मात्र क्रान्ति सफल भएको र उदार अर्थतन्त्र तथा बहुदलीय लोकतन्त्रको प्रयोग विश्वका धेरै देशहरुमा भएका भएको अवस्थामा परम्परागत सिद्धान्तभन्दा फरक कार्यक्रम मदन भण्डारीले व्याख्या गरे । जबजले तत्कालीन अवस्थामा संविधानिक राजतन्त्रलाई स्वीकारेको थियो।

नेपाल कमुनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ले जनताको बहुदलीय जनवादलाई स्वीकार गर्यो। अन्तर्राष्ट्रिय कम्युनिष्ट सिद्धान्तमा चुनाव लडेर संसदीय मोर्चाबाट सत्तामा पुग्ने अभ्यास कम थियो। यद्यपि यसको बहस नभएको भने होइन। मदन भण्डारीले जबज मार्फत संसदीय प्रजातन्त्र र बहुदलीय प्रतिस्पर्धालाई स्वीकारे। तत्कालीन अवस्थामा कम्युनिष्ट नेता सिपी मैनालीले भने चिनियाँ मोडलको क्रान्ति गर्नुपर्छ भन्ने मत मत राखेका थिए।

माओवादी जनयुद्धको सुरुवात केही समय पछाडि भयो र यो यसले जनताको बहुदलीय जनवादलाई पुजीपति हरुको सँग गठबन्धन गर्ने समन्वयवादी सिद्धान्तको रुपमा लियो र ग्रामीण इलाकाबाट क्रान्ति सुरु गरे।

सशस्त्र जनयुद्धबाट नै जनसत्ता स्थापना गर्न सकिन्छ गर्न सकिन्छ भन्ने माओवादीको ठहर थियो।

सशस्त्र विद्रोह शुरु भएको लामो समय पछाडि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले यसलाई कहिले प्रचण्डपथ कहिले एक्काइसौं शताब्दीको जनवाद को रुपमा व्याख्या गर्यो।

नेकपा एमाले र माओवादीहरूको एकीकरण भइसके पछाडि बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो मार्गनिर्देशक सिद्धान्तलाई जनताको जनवाद नाम दियो।

यसले बहुदलीय लोकतन्त्र तथा संसदीय मोर्चालाई स्वीकार गर्यो। यसका साथसाथै नेकपा माओवादीले गरेको सशस्त्र जनयुद्धलाई संस्थागत गर्यो।

यसको मतलब एक्काइसौं शताब्दीको जनवादलाई स्वीकार गर्यो र मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई पनि स्वीकार गर्यो।

अहिले नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चरम उत्कर्षमा छ र पार्टी फुटको संघारमा रहेको बताइन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर तत्कालीन नेकपा एमालेले लिएको कार्यक्रम र क्रान्तिको सिद्धान्त मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवादलाई अघि सार्ने मनस्थितिमा रहेको उनका निकट स्रोत निकट व्यक्तिहरु बताउँछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको बताइएअनुसार जबज अघि सारे पार्टी आफै बन्छ। तत्कालीन अवस्थामा स्वीकार गरेको संविधानिक राजतन्त्रलाई केपी शर्मा ओलीले बनाउने भनिएको पार्टीले स्वीकार्छ या स्वीकार्दैन समयले बताउला।