राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बाबुराम भट्टराईलाई पार्टी एकता र सहकार्यको प्रस्ताव 

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बाबुराम भट्टराईलाई पार्टी एकता र सहकार्यको प्रस्ताव 

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई टेलिफोन गरी सहकार्यको प्रस्ताव अगाडि बढाएका छन् ।

प्रधानमन्त्री ओलीले बाबुराम भट्टराईलाई देशको लागि चाहिने नेता भएको र उनको क्षमता प्रयोग गर्नुपर्ने भन्दै सहकार्य र पार्टी एकताको प्रस्ताव अघि सारेका स्रोतले बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष उत्कर्षमा पुगेको समयमा प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव गर्नु भनेको नेकपा फुटको संघारमा पुगेको अर्थ लाग्छ । उनले नेतृत्व गर्ने नयाँ पार्टी निकै कमजोर हुने हुँदा सत्ताको नेतृत्व गर्नको निम्ति कुनै न कुनै शक्तिसँग एकता अथवा समीकरण गर्नेपर्ने हुन्छ ।

श्रोतअनुसार प्रधानमन्त्री केपी शर्मा ओली संसदीय दलमा ४० प्रतिसत पुर्याएर पार्टी फुटाउने मनस्थितिमा छन् ।

अहिले केपी शर्मा ओलीसँग ३० प्रतिसत सांसद मात्र पक्षमा रहेको बताइन्छ ।

यस स्थितिमा पार्टी विभाजन गर्नुपरे नयाँ अध्यादेश ल्याएर भएपनि पार्टी फुटाउने मनस्थितिमा ओलीमा रहेको स्रोतको दाबी छ ।

नेकपाको एकिकरण गर्ने समयमा वटा तीनवटा पार्टीहरु तत्कालीन एमाले, माओबादी र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति एकिकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

माओवादी अध्यक्षपुष्प कमल दाहाल प्रचण्डले बाबुराम भट्टराईलाई  एकीकरणबाट अलग हुन बाध्य पारेको आरोप लाग्ने गर्दछ। 

यही कुरा प्रधानमन्त्री ओलीले बाबुराम भट्टराईसँगको संवादमा जोड दिँदै अब मिलेर अगाडि बढाउनुपर्छ भन्ने प्रस्ताव गरेका हुन् ।

प्रतिउत्तरमा डाक्टर बाबुराम भट्टराईले यस विषयमा पार्टीमा आफू एक्लै नभएको र साथीहरूसँग सरसल्लाह गरेर मात्र जवाफ दिन सकिने बताए । 

प्रधानमन्त्री ओलीले सकेसम्म बाबुराम भट्टराईको पार्टीसँग पार्टी एकिकरण गर्ने तर नभए जनता समाजवादी पार्टी र नेपाली काङ्ग्रेससँग समीकरण बनाएर प्रधानमन्त्री पदमा रहीरहने रणनीतिमा छन् ।