विदेश

पाकिस्तानी आतंककारीद्वारा वृद्ध मारिएपछि असहाय भएका बालकको भारतीय सेनाद्वारा उद्धार

पाकिस्तानी आतंककारीद्वारा वृद्ध मारिएपछि असहाय भएका बालकको भारतीय सेनाद्वारा उद्धार

 

पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा उक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए । वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो । उक्त बालकलाई भारतीय सेनाले उद्धार गरेको छ । 

भारतीय सेनाले फेरि एकपटक आफ्नो बहादुरका साथै मानवीय भावनाको उच्च कदर गरेको यो पछिल्लो उदाहरण हो । भारतीय सुरक्षा बलको यो मानव अधिकारको रक्षा गर्ने विषयमा अग्रपंक्तिमा छ भन्‍ने यो अर्को पुष्टि गर्ने आधार हो । बर्बर आतंकवादी हमलामा बुबा गुमाएका अवोध बालकलाई भारतीय सुरक्षाकर्मीले उच्चकोटीको मानवीय संवेदनाको सम्मान प्रकट गरेका छन् ।