मनोरञ्जन

श्रावण १५ खीर खाने दिन!

श्रावण १५ खीर खाने दिन!

श्रावण महिनालाई हिन्दू क्यालेन्डरमा पवित्र महिनाको रूपमा मानिन्छ र श्रावण १५ लाई ‘खीर खाने दिन’ भन्ने गरिन्छ । नेपालका विभिन्न चाडपर्वहरूका बीच, यस खीर खाने दिन पनि त्यस्तै चाडहरू मध्ये एक हो जहाँ परिवार र आफन्तहरू एकजुट हुन्छन् र एक परिवारमा रहन पाउँदा खुशी साटासाट गर्छन् । 

खीर शुद्ध भएको कारण नै पवित्र महिना श्रावणको १५ मा खीर खाने दिन राखिएको मानिन्छ । खीरलाई पूजा पूरा भएपछि प्रसादको रूपमा पनि वितरण गरिन्छ । यसलाई पवित्र र शुद्ध मानिन्छ त्यसैले यो प्रायः सबै पूजामा प्रसादको रूपमा बनाईन्छ ।

नेपालीहरू खाना पकाएपछि मिठाई खान मन पराउँछन् र खीर नेपाली परिवारमा एक मिष्ठान्न भोजन हो । कहिलेकाँही उनीहरूले खीरलाई कुनै विशेष अवसर बिना नै आफ्नो खाजाको रूपमा लिन्छन् । यसै गरि श्रावण १५ ‘खीर खाने दिन’ को अवसरमा सबै नेपालीहरु आफ्नै घरमा खीर बनाएर सबपरिवार मिलेर खाने गर्छन् ।