समाचार

जेल मुक्त भएपछी के गर्दैछन पूर्व डिआइजी रञ्जन?

जेल मुक्त भएपछी के गर्दैछन पूर्व डिआइजी रञ्जन?

आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा जेल सजाय पाएका पूर्व डिआइजी रन्जन कोइराला बिहीबार दिल्लीबजार जेलबाट रिहा भए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायधिश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको जेल अवधि घटाएर उनलाई रिहा गरे । सबै प्रमाणहरू नष्ट गर्न कोइरालाले आफ्नी श्रीमतीको हत्या गरे र उनको लास जलाइदिएका थिए । स्थानीयले पछि गीताको मृत शरीर फेला पारेका थिए। पालुङमा दुईपटक घटनास्थल अवलोकन गर्ने क्रममा कोइरालालाई देखेपछि स्थानीयले कोइरालालाई नियन्त्रणमा लिएका थिए । उनलाई सर्वोच्चको आदेशमा रिहाइ गरेपछि अहिले उनी के गर्दैछन् भन्ने कुरा चर्चा र जिज्ञासाको विषय बनेको छ । आखिर के गर्दैछन् त रंजन ? हामीले खोज्ने प्रयास गरेका छौं । 

प्रेमिका र दुई छोराहरुसँग समय बिताउँदैः 

जेलबाट रिहा हुँदा उनकी प्रेमिका तारा रेग्मी उनलाई लिन भनी गएकी थिईन् । तर आफूले धेरै माया गर्ने भनिएका दुई छोराहरु भने उनलाई लिन गएनन्, जसका  कारण बाबु र छोराहरुबीच राम्रो सम्बन्ध नभएको शङ्का गरिएको थियो । तर जेठो छोरा आयुष कोइरालाले भने पूर्णरुपमा बुबा निर्दोष भएको टिप्पणी सार्वजनिक रुपमै गरेका छन् । बाबुछोराबीच कुनै पनि नकरात्मक सम्बन्ध नभएकको र अब आमा तारा रेग्मी, बुबा, भाई, हजुरआमा र उनीसहित ५ जनाको परिवारमा अब खुशी भई सँगै बस्ने आयुष कोइरालाले बताएका छन् । 

समाजिक सन्जालमा आएको प्रतिक्रियाले तनावग्रस्तः 

घटना हुँदा सानै उमेरका दुई दाजुभाई निकै पिडित भएको आयुषले सार्वजनिक रुपमै बताएका छन् । ९ कक्षामा पढिरहेका आयुष त्यतिबेला अपहेलनाका कारण आफ्नो विद्यालय समेत जान नसकेको र बुबा जेलमा हुँदाको पीडा अहिले कल्पना गर्न पनि गाह्रो हुने उनले बताएका छन् । विद्यालयदेखि कलेज पुग्दा सम्म पनि सबैको हेपाई दुबै भाईले सहनुपरेको कोइरालाले बताए । अभिभावकविहीनताको अवस्था के हो भनेर भोगेको र अब भने बाबालाई छाडेर कहीँ नजाने उनले बताएका चाहन । 

हल्का मदिरा र मस्तीः 

रञ्जन बेलाबेलामा हल्का मदिरा सेवन गर्ने गर्थे । छोरा आयुषका अनुसार रञ्जनमा अत्याधिक मदिरा सेवन गर्ने लत नभएको तर बेलाबेलामा हल्का मदिरा सेवन गरेर मस्ती गर्ने गरेका छन् । उनी कहिलेकाही साथीहरुलाई जम्मा गरेर पनि मदिरा सेवन गर्ने गर्दथे । 

लामो समयपछि परिवार एकैठाउँमा हुन्दा खुसी तर सामाजिक अपहेलाना र नकारात्मक प्रतिक्रियाले पुरै परिवार तनावमा रहेकाले उनी मदिरा र मस्तीमा समेत लागेका छन् । बुबाको रिहा भइसकेपछि सब परिवार सँगसँगै बस्न पाएको खुशी एकतर्फ र अझैपनि सोही विषयमा अपहेलना सहिरहनु परेको दुःख एकतर्फ रहेको आयुषले बताएका छन् । बुबा निर्दोष भएका कारण अब जति नकरात्मक प्रतिक्रिया आएपनि उनीहरु सधै खुशी रहने उनले बताएका छन् ।

र यो पनि हेर्नुहोस् 

स्वास्नीमारा रन्जनलाई कौडा खेल्ने न्यायाधिस साथीले जेलबाट छुटाउन प्रयोग गरेको कानुनको बुँदामा के छ ?