कभर स्टोरी

प्रधानन्यायाधीश दाजुभाइकै घरमा जुवाखाल, श्रीमानका नाममा तथानाम !

प्रधानन्यायाधीश दाजुभाइकै घरमा जुवाखाल, श्रीमानका नाममा तथानाम !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र उनका भाइ प्रभु शम्शेर राणा मिलेर गैरकानूनी काम गरिरहेकाे खुलासा भएकाे छ।

स्राेतका अनुसार कालिकास्थानस्थित चोलेन्द्र र प्रभु शमशेरको घर जुवा अखडा नै रहेकाे छ। त्यस्तै चोलेंद्रको नया निवास सुकेधारामा पनि जुवा खेल्ने लगायत गैरकानूनी काम हुने गरेकाे छ।

त्यस्तै यस्तै गैरकानूनी तवर आर्जित पैसाले मध्येबनेश्वार स्थित तत्कालिन समयमा शिवदर्शन हल राणा दाजुभाइले किनेका हुन्। ऋणले स्वाहा भैसकेको राणा परिवार चाेलेन्द्र सर्वोच्चको न्यायाधीश हुँदै प्रधान्यायधीश भएपछि एकाएका आर्थिक रूपले उकासिएकाे हाे।

शिबदर्शन फिल्म हल भएको स्थानमा अहिले भब्य काम्प्लेक्स निर्माण भएकाे छ। श्रीमानको घरमा छापाको डर नहुने हुनाले त्यहाँ 
ठूला बडाकाे जमघट हुने गरेकाे स्राेतकाे भनाइ छ। 

भ्रखरै जेलबाट जुटेका पूर्व डिआइजी रंजन काेइराला पनि त्यहाँ जान्थे । कौडा, फलास तथा तास लाखाैकाे रकममा खेल्ने गरिन्थ्याे। राणा दाजुभाइले खेलाडिलाई ऋण दिएर दोब्बर तेब्बर दरले असुल्ने गरेका थिए।

राणा सुरूवाती चरण देखि नै विवादीत बन्दै आएका छन्।

पुनरावेदन अदालतमा १७  र सर्वोच्चमा ४ वर्ष काम गरेका  यिनै ‘विन्दास’ न्यायाधीश राणा मुलुकका २८ औं प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदित भएका थिए। राणाको ‘विन्दास’ व्यक्तित्व कहिलेकाहीँ अदालतका फैसलामा पनि पोखिने गर्छ।

पुनरावेदन अदालत विराटनगरमा हुँदा उनले त्यस्तै एउटा फैसला लेखेका थिए। उक्त मुद्दा जुवाको खालबाट पक्राउ परेकाहरूको थियो।

तासको ‘म्यारिज’ जुवा होइन बौद्धिक खेल हो भनेर उनले फैसला सुनाइदिएका थिए।

त्यो फैसलामा म्यारिज कसरी खेलिन्छ भनेर सिलसिला मिलाएर बिस्तारसँग व्याख्या गरिएको थियाे । कति वकिलकले त्यो फैसला ‘म्यारिज’ खेलको गाइड बुक हो भन्दै ठट्टा गर्ने गर्छन्। म्यारिज खेलको त्यो सहानुभूतिपूर्ण व्याख्यालाई पछि सर्वोच्चले खारेज गरिदिएको थियो।

विनोदी स्वभावका न्यायाधीश राणा कसैले भेउ नपाउने गरी आफ्नो पक्षमा चाल चल्न पनि खप्पीस थिए।

न्यायाधीश हुन उनले जस्तो चलाखी गरे त्यसले पनि यसको छनक दिन्छ।

२०५२ सालमा राणा काठमाडौं महानगरको कानुन अधिकृतको रूपमा काम गर्थे।

त्यो बेला विश्वनाथ उपाध्यायपछि प्रधानन्यायाधीश हुने रोलक्रममा न्यायाधीश सुरेन्द्र सिंह थिए। सिंहको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक-फरक जन्ममिति भएको गाइँगुइँ थियो।

उनको जन्ममितिमाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट पर्‍यो। सुरेन्द्रका विरूद्ध बहस गर्न राणाले वकालतनामा हालेका थिए।

सिंहपछि प्रधानन्यायाधीशको रोलक्रममा थिए चोलेन्द्रका आफ्नै काका त्रिलोक प्रताप राणा। उमेर विवाद अघि बढेको भए त्यो बेला सिंह प्रधानन्यायाधीश हुन पाउने थिएनन्। त्रिलोक प्रधानन्यायाधीश हुने थिए।

त्यसैले त्यो मुद्दा आफैंमा रोचक थियो।

धेरैले सोचेभन्दा मुद्दाले फरक मोड लियो। बहसका क्रममा चोलेन्द्रले आफ्नो पक्षको नभई सुरेन्द्रकै पक्षमा बोले।

पछि रिट तामेलीमा राखिपाउँ भन्दै सर्वोच्चमा अर्को निवेदन पर्‍यो। मुद्दा तामेलीमा गयो। सिंह प्रधानन्यायाधीश नियुक्त भए।

प्रधानन्यायाधीश भएपछि सिंहले चोलेन्द्रलाई पुनरावेदन अदालतमा नियुक्ति गरे।

कार्यक्षमता, अनुभव र चरित्रका हिसाबले अब्बल दरिएका वकिलहरूलाई पुनरावेदनको न्यायाधीश नियुक्त गर्ने कानुनी व्यवस्था थियो। अहिले पनि छ। 

राणाका कैयौं फैसला पनि त्यसरी नै विवादित छन्।

संविधान र कानुनी ज्ञान तथा न्यायिक क्षमताको कमजोरीले हो वा अन्य निजी कारणले, राणाका धेरै फैसला विवादमा पर्ने गरेका थिए। विवादित फैसला गर्नेमा उनी चर्चित नै छन्।

कतिसम्म भने भ्रष्टाचार मुद्दा छिन्दा उनले गरेका फैसलामाथि त सर्वोच्चले नै न्यायिक टिप्पणी उठाएको थियाे। कारबाहीका लागि सिफारिस नै गरेकाे थियाे।

र यो पनि, 

चोलेन्द्र र रंजन कौडा खेल्ने साथी !