समाचार

'हङकङबासीलाई अलग गरेर चीनले ठूलो अवसर गुमायो'

'हङकङबासीलाई अलग गरेर चीनले ठूलो अवसर गुमायो'

चीनले हङकङमा बाह्य विकास र अन्य प्रयासहरुलाई अस्वीकार गरेमा हङकङमा आन्तरिक परिवर्तनको बाटो पहिल्याउने विज्ञहरुले बताएका छन् । 

चीनले उइगर समुदायमाथि सैन्य बल प्रयोग गरेर दमन गर्दा पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा पर्नेसम्मका काम भएका छन् भने शिक्षित र बुझेका हङकङबासीमाथि चिनियाँ अधिनायकवाद लागु गरेपछि त्यसले विस्फोटको बाटो तयर गर्ने विज्ञहरुको तर्क छ । 

"दक्षिण कोरिया र ताइवानमा बहुदलीय प्रजातन्त्रले काम गरिरहेको छ भन्ने कुरामा म विश्वास गर्दिन । दुबै मुलुकमा सैन्य गन्ध आउँछ, जो अधिनायकाद लागु गर्न चाहन्छ," क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसनको बिजनेश एकाइका वरिष्ठ उत्पादक डोन पिटिसले भने । 

त्यसैगरी हङकङमा पनि चिनियाँ अधिनायकवाद पूर्णरुपमा लागु हुनसक्दैन । बेलायतको अधिनबाट स्वायत्त भएको हङकङ सहरले स्वशासनको दिशातर्फ अघि बढ्ने तयारीमा रहेको थियो । हङकङबासीलाई अलग गरेर चीनले ठूलो अवसर गुमाएको पिटिसको टिप्पणी छ ।

चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेर चीनको विरोध गर्नेहरुलाई नियन्त्रणमा लिएर सजाय दिइरहेको छ । जसका कारण धेरै हङकङबासीहरु त्यहाँबाट फरार हुने तयारीमा रहेका छन् भने केही अन्य मुलुकको निर्वासनमा रहेका छन् । 

चीनले हङकङमाथि नयाँ कानुन लागु गरेर हङकङ सहरको संसद र स्वतन्त्रतालाई अन्त्य गरेको छ । चीनले हङकङमा सुरक्षा कानुन लागु गर्नका लागि कार्यालय स्थापना गरेको छ । 
विश्वभरबाट चीनको यस किसिमका गतिविधिको चौतर्फी विरोध भइरहेको छ ।