समाचार

आज बामदेबको जन्मदिन, ओलीले फोन गरेर भने, 'प्रधानमन्त्री बन्ने सपना पूरा होस्...'

आज बामदेबको जन्मदिन, ओलीले फोन गरेर भने, 'प्रधानमन्त्री बन्ने सपना पूरा होस्...'

काठमाडौँ । आज नेकपाका नेता बामदेव गौतमको जन्मदिन हो । र आज विहानै प्रधानमन्त्री केपी शर्मा ओलीले एकाबिहानै फोन गरी उनलाई शुभकामना दिएका छन् ।

शुभकामना पनि बढो गज्जबको अर्थात प्रधानमन्त्री बन्नु भनेर । गौतमको साथ लिएर ओली संसदीय दलको नेता, प्रधानमंत्री, अध्यक्ष भएका थिए ।

तर उनलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउने बाचा बिर्सेका थिए । गौतमलाई ओलीले आफूलाई साथ दिए बाचा पूरा गर्ने बताएका छन् ।

ओलीले साँझको खाना संगै खाऊ है भन्ने प्रस्तावसमेत गरेको बताईन्छ ।