अर्थ

स्थगित भएको नेपाल इन्स्योरेन्सको साधारणसभा असार ५ गते आह्वान, यस्ता छन् पेश गरिने प्रस्तावहरु

स्थगित भएको नेपाल इन्स्योरेन्सको साधारणसभा असार ५ गते आह्वान, यस्ता छन् पेश गरिने प्रस्तावहरु

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीले यसअघि कोरोना महामारीको कारण स्थगित भएको बार्षिक साधारणसभा असार ५ गते आह्वान गरेको छ ।  उक्त सभा  कमलादी स्थित कम्पनीको पुरानो भवनमा हुने भएको छ । सभामा कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै, सभामा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने, सामुहिक लगानी कोष योजना संचालन गर्ने गरि उदेश्य थप गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

कम्पनीले साधारण सभाको लागि चैत ४ गतेदेखि २१ गतेसम्म बुक क्लोज तोकेको छ । चैत ३ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र प्रस्ताव गरेको लाभाांश पाउन सक्नेछन् । कम्पनीले यस अघि चैत्र २१ मा सभा आह्वान गरेकोमा सरकारले लकडाउन जारी गरेपछि सभा रोकिएको थियो । यस पटक हुने सभामा शेयरधनीलाई भिडियो कन्फरेन्स मार्फत मतब्या राख्न दिईने कम्पनीले जनाएको छ ।