अर्थ कर्पोरेट

होटल मेरियटले गर्यो आफ्नो ४ सय ७९ कर्मचारीको कोरोना बीमा

होटल मेरियटले गर्यो आफ्नो  ४ सय ७९ कर्मचारीको कोरोना बीमा

काठमाडौं । होटल मेरियटले आफ्नो ४ सय ७९ कर्मचारीको काभिड बिमा गराएको छ । आफ्नो ४ सय ७९ कर्मचारीको बिमा शिखर ईन्स्योरेन्सबाट गरेको होटलले जनाएको छ ।

सबै कर्मचारीको प्रतिव्यक्ति एक लाख बीमाङ्क रकमको कोभिड–१९, बीमा भएको हाेटलले जनाएकाे छ । एक लाखको सामूहिक बीमा गर्दा प्रति व्यक्ति ६०० रुपैयाँ बीमा शुल्क लाग्छ । त्यसमा ५० प्रतिशत सरकारले अनुदान दिने घोषणा बजेटमा गरिएको छ । याे साउन पछि मात्र लागु हुनेछ ।

काेराेना महामारी पछि नेपालले शुरू गरेकाे याे माैलिक प्रकृतिकाे बीमामा पीसीआर रिपाेर्ट पाेजेटिभ आएपछि बीमितलाइ बीमाङ्क रकम बराबर बीमा कम्पनीले भुक्तानी दिने गरेकाे छ । हालसम्म करिब ३ लाख नेपालीकाे काेभिड-१९ बीमा भएकाे छ ।