अर्थ बैंकिङ कर्पोरेट

कोरोनासंग लड्न नबिल बैंकद्वारा २६ लाख २८ हजार ८ सय ६७ रूपैयाँ आर्थिक सहयोग

कोरोनासंग लड्न नबिल बैंकद्वारा २६ लाख २८ हजार ८ सय ६७ रूपैयाँ आर्थिक सहयोग

काठमाडौँ। कोभिड-१९ को रोकथाम र उपचारका लागि नबिल बैंकले २६ लाख २८ हजार ८ सय रुपैयाँ सहयोग गरेको छ । बैंकका सञ्चालक तथा कर्मचारीहरूले उपलब्ध गराएको उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका छन् । 

कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनसायले बैंंकका सञ्चालक तथा कर्मचारीहरूले कोरोना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा योगदान गरेको प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।

बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले नबिल बैंकले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारीविरुद्ध लड्न निरन्तर सहयोग गर्ने धारणा व्यक्त गरेको बैंकले जनाएको छ ।